साँस्कृतिक विविधताको एकतामा चुलाचुलीमा समावेशी महायज्ञ

चुलाचुली, कार्तिक २७
जातीय तथा धार्मिक विविधता भित्रको एकताको सन्देश दक्षिणी इलामको चुलाचुलीले प्रवाह गरेको छ । चुलाचुली गाउँपालिका अन्तर्गतको अस्पताललाई १५ शैयाको निर्माण गर्दै त्यस्को व्यवस्थित सञ्चालनमा सहयोग जुटाउन आयोजना गरिएको समावेशी सप्ताह महायज्ञका क्रममा यसपटक त्यहाँ अनेकताभित्रको एकता प्रष्ट रुपमा झल्किएको हो ।

 

चुलाचुली गाउँपालिकाको संयोजनमा कार्तिक २६ देखि मंसिर ३ सम्म हुने महायज्ञको कलशयात्रादेखि नै विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित समावेशिता प्रष्ट्याउँदै स्थानीयले कसिलो एकता प्रस्तुत गरे । सो क्रममा लिम्बूको च्याब्रुङ, नेवारको लाखेसहितका साँस्कृतिक झाँकीले समावेशिता झल्काएको देखिन्थ्यो ।

 

विभिन्न संघ संस्थाहरुबाट एकैखाले पोशाकमा सजिनुका साथै हिन्दु, किरातसहितका धर्मावलम्बीहरु एकै ठाउँमा समावेश भई धार्मिक विविधतालाई एकताको मालामा उने ।

 

चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले सवै जातजातिको मिश्रित थलो चुलाचुलीको थप जातीय सद्भाव कायम गर्दै चुलाचुली २ मा निर्माण भएको अस्पताल सञ्चालनमा हातेमालो गर्न समावेशी महायज्ञको आयोजना गरिएको कार्यक्रम उद्घाटनका क्रममा जानकारी गराउनु भयो ।

 

उद्घाटन कार्यक्रममा चुलाचुली गाउँविकास समिति हुँदाका अध्यक्ष ओमनारायण खनालले समावेशिताबाट मानवीय एकतामा जुटिरहेको चुलाचुली अस्पताल निर्माणको इतिहासको प्रसंग अघिसार्दै जग्गादाताको देन ज्यादै महत्वपूणर् रहेको चर्चा गर्नुभयो ।

 

कार्यक्रममा हलो, जुवा, डोको, घाँसको भारीजस्ता ग्रामिण बस्तीका मौलिकताहरु समावेश गरिएकासहितका देशभक्तिपूणर् आकर्षक नृत्य प्रस्तुत गरिएका थिए । सो क्रममा महिला समूहले बजाएको पञ्चेबाजाको प्रस्तुति संस्कृति संरक्षणको अर्को आकर्षक पक्ष बनेको देखिन्थ्यो ।
समावेशी महायज्ञको पहिलो दिन किरात मुन्धुमविद चन्द्रकुमार शेर्माले किरात संस्कृतिका बारेमा प्रवचन प्रस्तुत गर्नुभयो ।

 

हिन्दुधर्मकी प्रभावकारी भावगत वाचक राधिका दासी, प्रेमवादका प्रवद्र्धक ओमनन्दसहित बौद्ध, किरात लगायतका धर्मका ज्ञाताहरुले दैनिक प्रवचन दिने कार्यक्रम राखेर सांस्कृतिक एकतालाई अझ कसिलो बनाउने प्रयत्न गरिएको छ ।

 

महायज्ञबाट करिब ३५ लाख खर्च हुने र १ करोड हाराहारीमा दान संकलन हुने आयोजकले अनुमान गरेको छ ।

 

महायज्ञ सञ्चालनकै सन्दर्भमा मंसिर २ गते स्वास्थ्य मन्त्री प्रदीपकुमार पौडेल र इलाम निर्वाचन क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङले संयुक्त रुपमा अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा एनआरएनए एकजुट हुनुपर्ने अभियन्ताको जोड

काठमाडौं , भदौ १३ । गत बुधबार रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली ९एनआरएन०अभियन्ताहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण

भारी वर्षापछि सडकको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

कास्की , १३ भदौ। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१७ हर्कचोक स्थित

आणविक परीक्षणविरुद्ध विश्वभर जनचेतना फैलाउँदै दिवस मनाइँदै

काठमाडौं , भदौ १३ । आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक

बाढी–पहिरो प्रभावित विभिन्न स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

काठमाडौं , भदौ १३ । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद्

मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौं,१३ भदौ । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे