कार्तिक ३० बाट ‘प्रत्यन्चा’ प्रदर्शनमा

पूर्वमा व्यवसायिक नाट्य यात्रामा ‘कदम थिएटर’

दमक, कार्तिक २८
कला क्षेत्रलाई सस्तो मनोरञ्जनको साधनका रुपमा लिने मानसिकता अझै पनि हटिसकेको छैन । यस अवस्थामा कलाको गहन महत्व बुझाउँदै विशेष त नाट्यकला क्षेत्रमा व्यवसायिकता खोज्ने क्रम पूर्वमा पनि अघि बढेको छ ।

 

नेपालका ख्यातीप्राप्त चलचित्र कलाकार हेमन्त बुढाथोकीको अगुवाईमा झापाको दमकमा ०७३ मा स्थापना भएको कदम थिएटरले मुख्य रुपमा विगत ४ वर्षयता नाटकलाई व्यवसायिक बनाउने अर्थात टिकटमा प्रदर्शन गर्ने क्रम अघि बढाएको छ ।

 

यस क्रममा पछिल्लो पटक नाटक ‘प्रत्यन्चा’ टिकटमा प्रदर्शनका लागि कलाकारहरु अन्तिम तयारीमा छन् । कार्तिक ३० देखि मंसिर १२ सम्म प्रत्येक साँझ ५ बजे अनि शुक्रबार र शनिबार दिउँसो १ बजे समेत त्यसलाई प्रस्तुत गरेर नाटकप्रति दर्शकको मन तान्ने प्रयत्नमा आफूहरु लागिपरेको नाटक निर्देशक सुमित्रा पेहिमले जनाउनु भयो ।

 

नाटकमा पौराणिक कथाका रुपमा रहेको राजा र राज्यको विम्बलाई प्रयोग गरी हालको समसामयिक राजनीतिक प्रबृत्तिप्रति प्रहार गरिएको छ । शासन सत्ताले मात्तिएको एउटा सन्की शासकको लहडले जनताले कत्ति दुःख पाउँछन् भन्ने नाटकको केन्द्रीय विषय रहेको यसका लेखकमध्येका एक कदम थिएटरका कला निर्देशक सिजन दाहालले अथ्र्याउनु भयो ।

 

सो नाटक कदम थिएटरमा दोस्रो व्याचमा ३ महिने तालिम सक्दै गरेका विद्यार्थीहरुको संयोजनमा उत्पादन भएको हो ।
सिजन दाहाल र प्रकाश शर्मा अधिकारीको संयुक्त लेखन रहेको नाटकमा मनिक शंकर, पुष्प राई, रश्मी उप्रेती, पारुमा राई, बुङ् छेङ, हेमन्त पौडेल, पुजन खरेल, मानुसी कोइराला, प्रविण भण्डारी, नरेन्द्र लिम्बू लगायतको अभिनय रहेको छ ।

 

रंगमञ्चलाई व्यवसायिक समेत बनाउँदै लाने हुटहुटीमा रहेका स्थानीय कला क्षेत्रका अग्रजहरुको अनुरोधपछि दमक नगरपालिका कार्यालयले वडा नम्बर ९ मा साढे १२ कठ्ठा जग्गा उपलब्ध गराएपछि कलाकारहरु औधी खुसी भए । अनि हातमा हात मिलाउँदै आफू आफूले केही रकम जुटाएर ८० जना दर्शक अट्ने सानो हल खडा गरे । त्यसपछि नाटक सिक्ने र सिकाउने थलोका रुपमा विकास गर्दै कदमले टिकटमै नाटक देखाउन सुरु गर्यो ।

 

कदमले रंगमञ्च यात्रामा चालेको यसखाले उत्साहित कदम देखेर टाढा टाढाबाट समेत रंगमञ्च सिक्न आएका छन् । उनीहरुले रंगमञ्च मात्र होइन समग्र जीवन पद्धतीका धेरै कुरा सिक्न पाएकोमा झनै उत्साह बढ्यो । त्यसैमध्येमा एक हुनुहुन्छ मोरङको मिक्लाजुङका बुङ् छेङ ।

 

मण्डला थिएटर काठमाडौंमा रंगमञ्च सिक्दै ५ वर्षको अवधिसम्म त्यहीँ नाटक उत्पादन, निर्देशनसहितका काममा लाग्नु भएका सिजन दाहाल विगत ६ वर्षदेखि आफ्नै क्षेत्रमा फर्किनु भयो । अनि उहाँले कला निर्देशकका रुपमा कदम थिएटरको रंगमञ्चको गतिविधिको कार्यकारी जिम्मेबारी सम्हाल्नु भएको छ ।

 

कदमले त्यसयता, १२ दुर्वासा, तिम्रो आँखामा खसेको साँझ, गैंडा टाइम्स, जयमाया आफूमात्रै लिखापानी आइपुगी, चुपचाप चारआना, लङ टाइम नो शी लगायतका १ दर्जन नाटक टिकटमा मञ्चन गरिसकेको छ । पूर्वी क्षेत्रका कला इच्छुकसहितमा रंगमञ्चको मर्म प्रस्तुत गरेर यसको प्रभाव विस्तार गर्ने काम गरिरहेको छ ।

 

रंगमञ्चलाई व्यवसायिक समेत बनाउन अघि बढेको यसखाले कदममा अलि ठूलो र व्यवस्थित हलको भनें अभाव छ । कोशी प्रदेश सरकारले त्यहाँ हल निर्माणका लागि पहिलो पटक ६० लाख र अर्कोपटक २० लाख रकम प्रदान गरेपनि बजेट अपुग भएर हल अधुरो रुपमा रहिरहेको छ । रंगमञ्च क्षेत्रको जागरण ल्याउँदै अभियान पुरा गर्न सम्बन्धित सरकारी निकायलाई झकझकाइरहेको बताउनु हुन्छ यसका अध्यक्ष हेमन्त बुढाथोकी ।

 

प्रत्यक्ष अभिनय गरेर प्रभावकारी प्रस्तुति दिनसक्ने रंगमञ्चको भूमिका ज्यादै महत्वपूणर् रहन्छ । रंगमञ्चको मर्म प्रस्तुत गरेर यसको प्रभाव विस्तार गर्ने काममा कदम लम्काउनेहरुका लागि होस्टेमा हैंसे गर्दै सृजना क्षेत्रको प्रवद्र्धनमा जुट्न मुख्य रुपमा सरकारी निकायको सक्रियता आवश्यक देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ