कमल गाउँपालिका

समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता

झापा /

झापाको कमल गाउँपालिका-५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला लागेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीयवासी, जातीय संस्था तथा नागरिक समाजका अगुवाले समाधिस्थल व्यवस्थित गर्न सुरु गरेका हुन् ।
आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार समाधिस्थल क्षेत्रको व्यवस्थापनका विषयमा सरोकारवाला, समुदाय, संस्था र सो क्षेत्रका राजनीतिक, सामाजिक अगुवाबीच अन्तक्र्रियात्मक छलफल कार्यक्रममा सहभागीले समाधिस्थल व्यवस्थित बनाउन गुरुयोजना बनाउने तथा आदिवासी रङ्गशाला निर्माणलाई अघि बढाउनुपर्ने औँल्याएका थिए।

उक्त भेलाबाट समाधिस्थललाई व्यवस्थित गर्न धीरेन्द्र सम्वाहाम्फेको संयोजकत्वमा देवेन्द्रराज आङदेम्बे सदस्यसचिव रहेको नौ सदस्यीय समाधिस्थल व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले तत्कालै समाधि व्यवस्थित गर्ने, समाधिस्थलमा अत्यावश्यक शौचालय, मलामी विश्रामघर निर्माणलगायत आवश्यक सरसफाइको काम गर्ने जनाइएको छ । दीर्घकालीनरूपमा समाधिस्थल क्षेत्रलाई सौन्दर्यकरण गर्दै सांंस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष हुकुमसिहं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारसमेत रहनुभएका सांसद महेन्द्रकुमारी लिम्बू, सल्लाहकार नित्यानन्द ताजपुरिया, सूर्य योक्पाङदेन, किराँत राई, यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राई, आदिवासी जनजाति महासङ्घ झापाका पूर्वअध्यक्ष पारसमणि राई, किराँत राई यायोक्खा कमलगाउँ अध्यक्ष सन्तोष राई, किराँत याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र लिम्बूलगायतले समाधिस्थल व्यवस्थित आवश्यक भएको भन्दै त्यसमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक