नवीन योगीको नेतृत्वमा दमक प्याब्सनको नयाँ समिति

दमक, मंसिर ९
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन ) दमकको तेस्रो नगर अधिवेशनले नवीन योगीको नेतृत्वमा सर्वसहमत रुपमा नयाँ समिति चयन गरेको छ । योगी यसअघि नगर सचिव रहनु भएको थियो ।

 

समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा विनोद बुढाथोकी, कोषाध्यक्षमा एलिजा सिटौला र सहकोषाध्यक्ष यमुना बुढाथोकी चयन हुनु भएको छ । दिपेन्द्र पौडेल, रेनुका खनाल, प्रतिमा कोइराला, सागर सुब्बा, माधब भट्टराई सदस्यमा चुनिनु भएको छ ।

 

अधिवेशन उद्घाटनका अवसरमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले निजी विद्यालयमाथि सरकारको दृष्टिकोण सकारात्मक बन्नुपर्नेमा जोड दिनु भएको थियो ।

 

अधिवेशन नगर समितिका तात्कालिन अध्यक्ष जर्नादन मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा