लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, घरबाटै हिंसा अन्त्य गर्न जोड

दमक, मंसिर १०
‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । जस अन्तर्गत दमक नगरपालिका कार्यालयको आयोजनामा विभिन्न संघ संस्था तथा सरोकारवालाहरु सहभागि र्यालीले दमक चोक परिक्रमा गरेको छ ।

 

 

लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवसको सार्थकताका लागि सरोकारवालाहरुले सबैको सहकार्यमा लैगिक हिंसा अन्त्य गर्न जुट्नु पर्ने धारणा राखेका छन् । र्यालीपछि दमक नगरपालिका कार्यालय परिसरमा सभाको आयोजना गरिएको थियो ।

 

मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसको १६ दिने अभियानमा दमकका १० वटै वडामा सचेतनामूलक १८ वटा कार्यक्रम राखिएको जनाउँदै नगर प्रमुख रामकुमार थापाले लिंगका आधारमा कसैमाथि पनि हिंसा हुन नहुने धारणा राख्नु भयो ।

 

 

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले सभामा जानकारी गराउनु भयो । उहाँले कुनै पनि आधारमा नगरवासी हिंसा पर्न नहुने कुराको सचेतनाका लागि नगरपालिकाले कार्यक्रम तय गरिएको जनाउँदै हिंसाको अन्त्य आआफ्नो घरबाट हुनुपर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा बोल्दै राजनीतिमा सक्रिय महिला नेतृ लीला दाहाल ढुंगेलले लैंगिक हिंसाभित्र मुख्य रुपमा महिला हिंसा हुने गरेको जनाउनु भयो । महिलाहरु घरेलु र राजनीतिक हिंसाको समेत शिकार भएको जनाउँदै यसखाले हिंसा अन्त्यका लागि सबैको सहकार्य आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

 

कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा नारी विकास संघकी अध्यक्ष रीता थापाले ज्येष्ठ जिउँदा भगवानका रुपमा रहेका ज्येष्ठ नागरिकहरुमाथि पछिल्ला समयमा हिंसा हुने गरेको उल्लेख गर्दै उहाँहरुको उचित संरक्षण र सम्मान आवश्यक रहेको कुरामा जोड दिनु भयो ।

 

सो अवसरमा अर्की महिला नेतृ भूमिका कोइरालाले सामाजिक रुपमा महिलाहरुमाथि विभेद हट्न नसकेको अवस्थामा राजनीतिक रुपमा समेत महिला सहभागितालाई कमजोर बनाएर विभेद हुने गरेको धारणा राख्नु भयो । उहाँले पालिकाहरु वडाध्यक्ष महिलालाई समेत बनाउन वातावरण तय गर्नु पर्ने विचार राख्नु भयो ।

 

नगरको सामाजिक विकास समिति संयोजक सारदा भट्टराईको अध्यक्षताको कार्यक्रममा सहकारी अभियन्ता चन्द्रा भट्टराई लगायतले समेत महिला हिंसा अन्त्यको आवाज उठाउनु भयो । सो अवसरमा महिला समूहले पञ्चेबाजा प्रस्तुत गरेर आफ्ना सृजनशीलता प्रस्तुत गरेको थियो । कार्यक्रम अन्तर्गत दमक चोकमा आज साँझ ५ बजे दिपप्रज्वलन समेत गरिने छ ।

 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ भनें अन्तर्राष्ट्रिय नारा भने ‘बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्षः महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ’ भन्ने रहेको छ ।

 

सन् १९९१ मा महिलाहरूको विश्वव्यापी नेतृत्व संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका १८७ देशहरूले यो अभियान सञ्चालन गर्दै आएका छन् । महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) मा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का दिन १६ दिने अभियान समापन हुने गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ