पीटी प्रशिक्षण तथा विद्यार्थीको क्षमता विकासमा उत्प्रेरणामूलक कार्यक्रम

पथरी, मंसिर १२
मोरङको पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नमुना विद्यालय पञ्चायत माविमा मंसिर १३ देखि १५ गतेसम्म पीटी (फिजिकल ट्रेनिङ) तथा विद्यार्थीको क्षमता विकासमा उत्प्रेरणामूलक कार्यक्रम हुने भएको छ ।

 

१ नम्बर वडा कार्यालयको आर्थिक सहयोग हुने कार्यक्रमको सम्पूणर् व्यवस्थापन पञ्चायत माविले गर्ने सो विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनु भयो ।

 

कार्यक्रममा नेपालकै चर्चित प्रशिक्षक हरिस ओली आउने नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताउनु भयो । ओलीले देशको विभिन्न विद्यालय पुगेर असल विद्यार्थी बनाउन शिक्षक, अभिभावक र स्वयम विद्यार्थीको भूमिका बारे मोटिभेसनल शिक्षा दिदै आउनु भएको छ ।

 

ओलीले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, पीटी शिक्षक र विद्यार्थीहरु, शिक्षकहरु, जनप्रतिनिधिहरु, कर्मचारी, अभिभावकहरुलाई छुट्टाछुट्टै र सामूहिक रुपमा पीटी, असल अध्यास तथा प्रशोधिकरण, मोटिभेसनल कक्षा, प्रार्थना व्यवस्थापन, मार्चपास तथा राष्ट्रियगान व्यवस्थापन लगायतको कार्यक्रम रहेको शिक्षा विभाग प्रमुख खुलालले जनाउनु भयो ।

 

कार्यक्रमले असल विद्यार्थी निर्माणका लागि आचरणमैत्री शैक्षिक वातावरण निर्माण, संमृद्ध राष्ट्र निर्माण लागि असल नागरिक उत्पादन गर्न प्रेरणा जगाउनुको साथै क्षमता विकासका सहयोग पुग्ने बताइएको छ ।

 

तीन दिनसम्म हुने कार्यक्रममा विहान ८ देखि साँझ ५ बजेसम्म समुहिक र छुट्टाछुट्टै कार्यशालाको तयारी गरिएको छ ।
कार्यक्रममा पञ्चायत माविका कक्षा ६ देखि १२ सम्मका सम्पूणर् विद्यार्थीहरु, शिक्षक, कर्मचारी र नगरमा रहेका २८ वटा सरकारी विद्यालयबाट कक्षा १—१२ चलेको विद्यालयबाट ३५ विद्यार्थी ५ पीटी शिक्षक, १—१० चलेकोबाट २० विद्यार्थी ४ पीटी शिक्षक, १—८ चलेकोबाट १५ विद्यार्थी ३ पीटी शिक्षक, १—५ चलेको विद्यालयबाट १० विद्यार्थी २ पीटी शिक्षक सहभागी हुने बताइएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

काठमाडौं,१४ असार । अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य

’राउन्ड अफ ३२’ को खेल तालिका सार्वजनिक

काठमाडौं,१४ असार । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको

मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर मनाइँदै

काठमाडौं,१४ असार । नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको