जबरजस्ती करणी

बालिका बलात्कारको आरोपमा कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला पक्राउ

images

 

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।
बुढीगंग गाउँपालिका-१ टंकिसनबारीका कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दिउँसो मोरङ पक्राउ गरेको थियो।

सोमबार जिल्ला अदालत मोरङमा ‘जबरजस्ती करणी गर्ने उद्योग’मा पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जनाकारी दिए।बालिका बलात्कारको आरोपमा कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला पक्राउ।

कोइरालाले बाथरुम गएकी बालिकालाई शुक्रबार साँझ जवरजस्ती करणीको प्रयास गरेको आरोप छ। पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएका छ।

के थियो घटना?

टंकिसिनवारी रहेको बुवाको पसलमा शुक्रबार साँझ गएकी बालिका मुख धुन भनेर पसलनजिक रहेको बाथरुममा गएकी थिइन्। बालिका बाथरुमा गएकाले बेला कोइरालाले जबरजस्ती करणी प्रयास गरेको बालिकाका आफन्तले बताए।

‘बालिकाले बाथरुमबाट बाहिर निस्कन नपाउँदै कोइरालाले समातेर भित्र लगेर जबरजस्ती गरेको भन्दै गहभरी आँसु पार्दै हामीलाई सुनाइन्,’ पीडित बालिकाको भनाइ उधृत गर्दै एक आफन्तले बताए।

बालिकालाई जबरजस्ती गरेपछि फरार रहेका कोइरालालाई मोरङ प्रहरीमा बालिकाको आफन्तले जाहेरी दिएपछि उनलाई आइतबार नियन्त्रणमा लिइएको थियो। बालिकाको विराटनगरको एक अस्पतलामा उपचार भइरहेको छ।

ती बालिकाको छेउमा पुग्यो भने काहालिने र चिच्याउने गर्ने गरेको पीडित बालिकाको आफ्न्तले बताउँछन्। पीडितका आफन्तका अनुसार उनीमाथि भएको घटनालाई सम्झिएर अहिले पनि बालिका बर्बराउने गरेकी छिन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन