जबरजस्ती करणी

बालिका बलात्कारको आरोपमा कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला पक्राउ

 

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।
बुढीगंग गाउँपालिका-१ टंकिसनबारीका कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दिउँसो मोरङ पक्राउ गरेको थियो।

सोमबार जिल्ला अदालत मोरङमा ‘जबरजस्ती करणी गर्ने उद्योग’मा पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जनाकारी दिए।बालिका बलात्कारको आरोपमा कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला पक्राउ।

कोइरालाले बाथरुम गएकी बालिकालाई शुक्रबार साँझ जवरजस्ती करणीको प्रयास गरेको आरोप छ। पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएका छ।

के थियो घटना?

टंकिसिनवारी रहेको बुवाको पसलमा शुक्रबार साँझ गएकी बालिका मुख धुन भनेर पसलनजिक रहेको बाथरुममा गएकी थिइन्। बालिका बाथरुमा गएकाले बेला कोइरालाले जबरजस्ती करणी प्रयास गरेको बालिकाका आफन्तले बताए।

‘बालिकाले बाथरुमबाट बाहिर निस्कन नपाउँदै कोइरालाले समातेर भित्र लगेर जबरजस्ती गरेको भन्दै गहभरी आँसु पार्दै हामीलाई सुनाइन्,’ पीडित बालिकाको भनाइ उधृत गर्दै एक आफन्तले बताए।

बालिकालाई जबरजस्ती गरेपछि फरार रहेका कोइरालालाई मोरङ प्रहरीमा बालिकाको आफन्तले जाहेरी दिएपछि उनलाई आइतबार नियन्त्रणमा लिइएको थियो। बालिकाको विराटनगरको एक अस्पतलामा उपचार भइरहेको छ।

ती बालिकाको छेउमा पुग्यो भने काहालिने र चिच्याउने गर्ने गरेको पीडित बालिकाको आफ्न्तले बताउँछन्। पीडितका आफन्तका अनुसार उनीमाथि भएको घटनालाई सम्झिएर अहिले पनि बालिका बर्बराउने गरेकी छिन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ