पाँच दलीय समन्वय समितिको बैठक बस्दै

 

काठमाडौं : आगामी निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय समिमितको बैठक आज दिउँसो ५ बजे बालुवाटारमा बस्न लागेको हो।

बैठकमा आगामी स्थानीय तह निर्वाचन, संसदमा जारी गतिरोधलगायतका विषयमा छलफल हुने समितिका संयोजक पौडेलले जानकारी दिए। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले गरिरहेको अर्ली इलेक्सनको तयारीबारे संयन्त्रको बैठकमा छलफल हुने पौडेलले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगरी संघीय संसदको निर्वाचन गर्नेबारे पटकपटक छलफल भएको छ। यसै विषयमा सहमति खोज्न उच्चस्तरीय समितिको बैठक बस्न लागेको

समितिभित्र संसदको अर्ली इलेक्सनबारे सहमति जुटे नेकपा एमालेसँग पनि छलफल गर्ने र निर्वाचनको तयारीमा जुट्ने सत्ता गठबन्धनको तयारी छ। तोकिएको समयमा स्थानीय तहको निर्वाचन नगर्ने तर समयअगावै संघीय संसद विघटन गरेर निर्वाचन गर्ने गरी तयारी थालेपछि सरकारको आलोचना सुरु भएको छ। सरकारको यो तयारीमा कांग्रेस भित्रैसमेत विरोध भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।