पाँच दलीय समन्वय समितिको बैठक बस्दै

 

काठमाडौं : आगामी निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय समिमितको बैठक आज दिउँसो ५ बजे बालुवाटारमा बस्न लागेको हो।

बैठकमा आगामी स्थानीय तह निर्वाचन, संसदमा जारी गतिरोधलगायतका विषयमा छलफल हुने समितिका संयोजक पौडेलले जानकारी दिए। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले गरिरहेको अर्ली इलेक्सनको तयारीबारे संयन्त्रको बैठकमा छलफल हुने पौडेलले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगरी संघीय संसदको निर्वाचन गर्नेबारे पटकपटक छलफल भएको छ। यसै विषयमा सहमति खोज्न उच्चस्तरीय समितिको बैठक बस्न लागेको

समितिभित्र संसदको अर्ली इलेक्सनबारे सहमति जुटे नेकपा एमालेसँग पनि छलफल गर्ने र निर्वाचनको तयारीमा जुट्ने सत्ता गठबन्धनको तयारी छ। तोकिएको समयमा स्थानीय तहको निर्वाचन नगर्ने तर समयअगावै संघीय संसद विघटन गरेर निर्वाचन गर्ने गरी तयारी थालेपछि सरकारको आलोचना सुरु भएको छ। सरकारको यो तयारीमा कांग्रेस भित्रैसमेत विरोध भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले