लस एन्जलसमा डढेलो आतंक

हजारौंले घर छोडेर भागे, ३० हजारलाई उद्धार गरिँदै

एजेन्सी, पुस २४
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतर्फ आएपछि त्यहाँको सरकारले आसपासका ३० हजार मानिसलाई अन्यत्र सार्न निर्देशन दिएको छ । नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रण हुन नसक्दा ती क्षेत्रका मानिसहरु आफ्‌नो नजिक नजिक डढेलो आएपछि घर छोडेर भागेका छन् ।

 

२० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १ हजार २ सय एकडमा फैलिदैे बस्ती रहेको प्यासिफिक पालिसेड क्षेत्र नजिक आएपछि आपतकालिन अवस्था सिर्जना भएको दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले जानकारी गराउनु भएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

त्यहाँबाट ३० हजार मानिसलाई सुरक्षित सार्न निर्देशन दिइएको बताउँदै क्राउलीले वनको आगलागीबाट १३ हजार भवन जोखिममा रहेको उल्लेख गर्नुभयो ।
आगो अझै फैलिने खतरा रहेकाले सरकारले क्यालिफोर्नियामा लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा