भारतमा महाकुम्भ मेला सुरु, १ करोडले स्नान गर्ने अनुमान

दमक, पुस २९
१४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा भारतमा आजबाट महाकुम्भस्नान र मेला सुरु भएको छ । पौष पूर्णिमाबाट सुरु गरिएको महाकुम्भमा १ करोड भक्तजनले संगममा स्नान गर्ने अनुमान गरिएको छ ।

 

संगम नाकामा हरेक घण्टा २ लाख मानिस नुहाउने गर्छन् । आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् ।

 

संगम नोज सहित करिब १२ किलोमिटर क्षेत्रमा नुहाउने घाट निर्माण गरिएको छ । संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । महाकुम्भमा यातायातका साधन प्रवेशमा रोक लगाइएको छ । जसका कारण भक्तजनहरू संगम पुग्न १०–१२ किलोमिटर पैदल हिँडिरहेको अवस्था छ । चिसोका कारण भनें नुहाउन समस्या भइरहेको देखिन्छ ।

 

६० हजार सैनिक सुरक्षाका लागि खटाइएको छ । प्रहरी कर्मचारीले स्पिकरबाट लाखौँको संख्यामा भीडलाई व्यवस्थित गरिरहेका छन् । कमाण्डो र अर्धसैनिक बलका जवानहरू पनि विभिन्न ठाउँमा तैनाथ छन् ।

Share: