दमक, पुस २९
तस्वीरको यो दृष्य हेर्दा लाग्न सक्छ यहाँ नेपाली सेना वा कुनै सुरक्षा सेनाको कुनै तालिम हुँदै रहेछ । तर यो कुनै सेनाको तालिम भनें होइन । यो त राष्ट्रिय जनसेवा दलबाट आफूले सिकेको मार्चपासको प्रस्तुति हो । अनि यो दृष्य चाँही झापाको दमक ८ मा रहेको झापा मोडल अङग्रेजी माद्यमिक विद्यालयको हो ।
त्यहाँ सिकेका कला विद्यार्थीले अभिभावक, शिक्षक प्रतिनिधि तथा अन्य सामाजिक तथा शैक्षिक सरोकार राख्नेहरुलाई प्रर्दशन गरेर देखाएका थिए ।
छात्र छात्राहरुलाई आपत्त विपत्तमा कसरी सहयोग तथा उद्धारको काम गर्ने, त्यसमा के कस्ता सावधानी अपनाउने जस्ता बारेमा नेपाली सेनाको मध्यपूर्वी तालिम शिक्षालय महोत्तरीबाट सेनाले तालिम दिएका थिए । जहाँ ग्रिल, खुकुरी ग्रिल, एरोबिक डान्स, तेक्वान्दो, क्विज, हर्स राइडिङ, फायरिङ, सुटिङसहितका विधामा तालिम दिइएको थियो ।
विद्यार्थीहरुले सिकेको यस प्रकारको तालिमले उनीहरुमा आफ्नो कसरी सुरक्षा गर्ने भन्ने तरिकाको बारेमा जानकारी त गराउँछ नै सामाजिक उत्तरदायित्वबोध गराउन समेत भावनात्मक विकास गराउन सक्छ । त्यसैले विद्यार्थीहरुलाई यस खाले तालिम समेत गुल्मकै मातहतमा सञ्चालन गरिएको विद्यालयका सस्थापक प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिनु भयो ।
विद्यार्थीको यसखाले विषेश प्रस्तुति गर्ने कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा रहनु भएको थियो । कार्यक्रम विद्यालयका संस्थापक जयबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । अब उनीहरुका लागि २१ दिनको पुनः तालिम हुनेछ ।