प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सुरु

पथरी, माघ ३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सुरु भएको छ ।

 

पथरिशनिश्चरे वडा नम्बर १ को जाँते मोडमा सञ्चालित उक्त टुर्नामेन्ट अन्तर्गतको भलिबल ( छात्र) तर्फबाट क्रमशः रेडस्टार, अरुणोदय ,भू.पु.सैनिक र एभरेष्ट बोर्डिङ स्कुल विजयी भए भने भलिबल (छात्रा) तर्फबाट रेडस्टार, अन्नपूर्ण एभरेस्ट र भूपु सैनिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

यसैगरी, कुल १६ वटा विद्यालयहरूले भाग लिएका १५ वर्ष मुनिको फुटबल प्रतिष्पर्धा अन्तर्गत प्याराडाइज, अरुणोदय, अन्नपूर्ण , वाल्मिकी, मोरङ मेरीगोल्ड, एभरेस्ट र के.बी. मेमोरियल विद्यालय विजय भएका छन् ।

 

प्याब्सन पथरी शनिश्चरे नगर कार्य समितिका अध्यक्ष सन्तोष बस्नेतले बल अफिसियलहरूलाई हस्तान्तरण गरी प्रतियोगिता प्रारम्भ भएको थियो । सो अवसरमा प्याब्सन नगर कार्य समिति, पथरी शनिश्चरेका सल्लाहकार द्वय उपेन्द्र कँडेल र टिकाप्रसाद दङ्गाल, मोरङ जिल्ला सदस्य खड्गबहादुर श्रेष्ठ, नगर भित्रका विभिन्न निजी विद्यालयका संस्थापकहरू तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेका सचिव सुजन बास्तोलाले जनाउनुभयो ।

 

आज बिहान ८ बजेदेखि नै खेल सेमिफाइनलमा प्रवेश गरेका भलिबल तथा फुटबल टिमहरूबीच प्रतिस्पर्धा सुरु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका