दमक/
दमक जेसिज वर्ष २०२२ ले नयाँ नेतृत्व पाएको छ । हरेक वर्ष नेतृत्व परिवर्तन गर्ने सस्थाको विधान अनुसार यो वर्षपनि नयाँ नेतृत्व प्राप्त गरेको हो । अव दमक जेसिजको नेतृत्व दमकका यूवा व्यवसायी सञ्जीव बरालले गर्ने हुनु भएको छ । वर्ष २०२२ को अध्यक्ष हुने वित्तीकै उज्यालोसँगको कुराकानीमा उहाँले पहिलो घोषणा गर्नु भयो ‘मेरो बुबाको नाममा म १ लाखको अक्षयकोष बनाइ हाल्छु ।’ वर्ष २०२१ मा उहाँका बुबा चुडामणी बरालको देहान्त भएको थियो । बुबाको सम्झनामा १ लाख रुपैयाको अक्षयकोष बनाएर सस्थाको हरेक गतिविधिमा सहयोग गर्ने लक्ष्य राखीएको उहाँले बताउनु भयो । अहिले सम्म दमक जेसिजले यस प्रकारको कोष निर्माण नगरेको र कोष हुँदा सस्थाको दिर्घकालीन आर्थीक श्रोत समेत बन्ने भएकोले यस प्रकारको कोष निर्माण गर्ने घोषणा गरेको बराको भनाई छ ।
यस्तै दमक जेसिजले यूवा नेतृत्व विकास सम्बन्धीका तालिमहरु गर्दै आएको तर यसलाई सरकारी कार्यक्रमसँग प्रभावकारीरुपमा जोडन् नसकेको बताउँदै बरालले आफ्नो कार्यकालमा केहि न केहि भएपनि सरकारी कार्यक्रममा दमक जेसिजलाई जोडेर यूवा नेतृत्व विकास गराउने बताउनु भयो ।
दमक नगरपालिका, अन्य छिमेकी पालिका तथा प्रदेश सरकारले बनाएका हरेक प्रकारका तालिममा दमक जेसिजले जिम्म लिएर ती तालिमलाई औपचारिकतामा मात्र सिमित नगाराई त्यसको उदेस्य पुरा गराउन दमक जेसिज तल्लीन भएर समेत गर्ने उहाँले सुनाउनु भयो ।
यस्तै दमक जेसिजको ३ कटठा जग्गामा बन्ने तालिम हलको निर्माणलाई पनि आफुले प्राथमिकताका साथ अघि बढाउने पनि बरालले आफ्नो योजना सुनाउनु भयो । ‘यो तालिम हल जेसिजको मात्र हैन , यहाँ सरकारका सबै तहले आफ्ना तालिमहरु सञ्चालन गर्न सक्ने छन् साथै यो समुदाय स्तरको तालिम हल बन्ने भएकोले सरकार , स्थानीय समाज र जेसिज अभियान्ताहरु सबैलाई समेटेर यसको अधुरो कामलाई पूणर्ता दिने प्रयासमा म लागी पर्ने छु । ’ बरालले बताउनु भयो ।
वर्ष २०१४ मा दमक जेसिजको सदस्य बन्नु भएका बराल वर्ष २०१६ मा भिपि अर्थात उपाध्यक्ष बन्नु भएको थियो । त्यसपछि वर्ष २०१७ मा सचिव, २०१८ मा थिम डाइरेक्टर अर्थात प्रकरण निर्देशक, २०१९ मा कार्यकारी उपाध्यक्ष, २०२० मा महासिचव, २०२१ मा तालिम हल निर्माण निर्देशक संयोजक र हाल सने २०२२ मा अध्यक्ष बन्नु भएको हो ।
यस्तै दमक जेसिजको वर्ष २०२२ मा कार्यकारीणी उपाध्यक्षमा सन्दीप न्यौपाने र राज अग्रवाल निर्वाचित हुनु भएको छ ।
उपाध्यक्षमा रुवल अधिकारी, सन्ध्या अधिकारी, समिर दाहाल र साज श्रेष्ठ निर्वाचिन हुनु भएको छ ।
जन सम्पर्क अधिकारीमा लोकश सापकोटा, तालिम निर्देशकमा राजेन्द्र बिमली निर्वाचित हुनु भएको छ ।
