दमक जेसिजमा नयाँ नेतृत्व

दमक जेसिजका नव निर्वाचित अध्यक्ष बराल भन्छन् ‘ अक्षयकोष स्थापना देखी यूवा नेतृत्वका सबै तालिम गराउने छौ ।’

दमक/
दमक जेसिज  वर्ष २०२२ ले नयाँ नेतृत्व  पाएको छ । हरेक वर्ष नेतृत्व  परिवर्तन  गर्ने सस्थाको विधान अनुसार यो वर्षपनि  नयाँ नेतृत्व प्राप्त गरेको हो । अव दमक जेसिजको नेतृत्व दमकका यूवा व्यवसायी   सञ्जीव बरालले गर्ने हुनु भएको छ । वर्ष २०२२ को अध्यक्ष हुने वित्तीकै उज्यालोसँगको कुराकानीमा उहाँले पहिलो घोषणा गर्नु भयो ‘मेरो बुबाको नाममा म १ लाखको अक्षयकोष बनाइ हाल्छु ।’  वर्ष २०२१ मा उहाँका बुबा चुडामणी बरालको देहान्त भएको थियो । बुबाको सम्झनामा १ लाख रुपैयाको अक्षयकोष बनाएर सस्थाको हरेक गतिविधिमा सहयोग गर्ने  लक्ष्य राखीएको उहाँले बताउनु भयो । अहिले सम्म दमक जेसिजले यस प्रकारको कोष निर्माण नगरेको र कोष हुँदा सस्थाको दिर्घकालीन आर्थीक श्रोत समेत बन्ने भएकोले यस प्रकारको कोष निर्माण गर्ने घोषणा गरेको बराको भनाई छ ।
यस्तै दमक जेसिजले यूवा नेतृत्व  विकास सम्बन्धीका तालिमहरु गर्दै आएको तर यसलाई सरकारी कार्यक्रमसँग प्रभावकारीरुपमा  जोडन् नसकेको  बताउँदै बरालले आफ्नो कार्यकालमा  केहि न केहि भएपनि सरकारी कार्यक्रममा दमक जेसिजलाई जोडेर यूवा नेतृत्व  विकास गराउने बताउनु भयो ।
दमक नगरपालिका, अन्य छिमेकी पालिका तथा प्रदेश सरकारले बनाएका हरेक प्रकारका तालिममा दमक जेसिजले जिम्म लिएर ती तालिमलाई औपचारिकतामा मात्र सिमित नगाराई त्यसको उदेस्य पुरा गराउन दमक जेसिज तल्लीन भएर समेत गर्ने उहाँले सुनाउनु भयो ।
यस्तै दमक जेसिजको ३ कटठा जग्गामा बन्ने तालिम हलको निर्माणलाई पनि आफुले प्राथमिकताका साथ अघि बढाउने पनि बरालले आफ्नो योजना सुनाउनु भयो । ‘यो तालिम हल जेसिजको मात्र हैन , यहाँ सरकारका सबै तहले आफ्ना तालिमहरु सञ्चालन गर्न सक्ने छन्  साथै यो समुदाय स्तरको तालिम हल बन्ने भएकोले सरकार , स्थानीय समाज र जेसिज अभियान्ताहरु सबैलाई समेटेर यसको अधुरो कामलाई पूणर्ता दिने प्रयासमा म लागी पर्ने छु । ’ बरालले बताउनु भयो ।
वर्ष २०१४ मा दमक जेसिजको सदस्य बन्नु भएका बराल वर्ष २०१६ मा भिपि अर्थात उपाध्यक्ष बन्नु भएको थियो । त्यसपछि वर्ष २०१७ मा  सचिव, २०१८ मा थिम  डाइरेक्टर अर्थात प्रकरण निर्देशक, २०१९ मा कार्यकारी उपाध्यक्ष, २०२० मा महासिचव, २०२१ मा  तालिम हल निर्माण निर्देशक संयोजक र हाल सने २०२२ मा अध्यक्ष बन्नु भएको हो ।
यस्तै दमक जेसिजको वर्ष २०२२ मा कार्यकारीणी उपाध्यक्षमा  सन्दीप न्यौपाने र राज अग्रवाल निर्वाचित हुनु भएको छ ।
उपाध्यक्षमा रुवल अधिकारी, सन्ध्या अधिकारी, समिर दाहाल र साज श्रेष्ठ निर्वाचिन हुनु भएको छ ।
जन सम्पर्क अधिकारीमा लोकश सापकोटा, तालिम निर्देशकमा राजेन्द्र बिमली निर्वाचित हुनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा