रेडस्टारमा सन्दीपको ‘जीवनको लागि हाँसो’ उत्प्रेरणात्मक कार्यक्रम

पथरी, माघ ६
नेपालका स्ट्याण्ड– अप कमेडियनको रूपमा सुपरिचित हास्य कलाकार सन्दीप क्षेत्रीले आइतबार पथरीको रेडस्टार स्कुल र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयोजित ‘जीवनको लागि हाँसो’ कार्क्रम मार्फतआफ्नो बेजोड प्रस्तुति दिनु भएको छ । कार्यक्रममा कक्षा ११,१२ र बीबीएसका विधार्थीहरुलाई उहाँले उत्प्रेरणा प्रदान गर्दै हँसाउनु समेत भयो ।

 

विद्यार्थीहरूलाई करियर निर्माण सम्बन्धी बिशेष उत्प्रेरणा दिनुहुँदै उत्प्रेरक कलाकार क्षेत्रीले दृढ संकल्पका साथ निरन्तर अभ्यासमा लागिरहे मात्रै हरेक कुरामा सफलता प्राप्त हुने जनाउनु भयो ।

 

कार्यक्रमको पहिलो सत्रमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले लागुपदार्थ दुर्व्यसनी तथा साइबर क्राइम न्युनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

 

डीएसपी दाहाल, पथरी शनिश्चरे नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पथरीशनिश्चरे नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, ऋतम्भरा बहुमुखी क्याम्पस तथा रेडस्टार अंग्रेजी माविका निर्देशक / प्राचार्य टीएन तिम्सिना, विद्यालयका संस्थापक एवंम् आईएसए कोअर्डिनेटर राजु तिम्सिना, संस्थापक विजय डाँगी, लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछाना राई लगायतको आतिथ्यतामा सञ्चारकर्मी लगायत ५ सय बढी छात्र– छात्राहरू उपस्थिति रहेको थियो ।

 

राष्ट्रिय सेवा दल अन्तर्गत रेडस्टारका क्याडेट छात्र– छात्राहरुले कलाकार क्षेत्रीलाई स्वागत सम्मान गरेका थिए । कलाकार क्षेत्रीले आजदेखि सञ्चालन भएको प्याब्सन प्रि एसईई परीक्षाको परीक्षा केन्द्र कायम भएको रेडस्टार मावि.परीक्षा केन्द्रमा सहभागी विभिन्न विद्यालयका छात्र छात्राहरूलाई पनि सफलताको शुभकामना प्रदान गर्नुभयो । केही महिना अगाडि हास्य कलाकार मनोज गजुरेलले हास्य प्रस्तुति मार्फत उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

 

एसईई. र कक्षा १२ को बोर्ड परीक्षामा यस क्षेत्रमै निरन्तररुपमा सर्वोत्कृष्ठ नतिजा प्राप्त गर्न सफल सो विधालयले विद्यार्थी, शिक्षक र अभिभावकहरुकालागि विभिन्न उत्प्रेरणात्मक तथा अभिमुखीकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 

Share: