शिक्षासेवी फागुद्वारा १० लाखको कल्याण कोष स्थापना

उर्लाबारी, माघ ७
उर्लाबारीका शिक्षासेवी मानबहादुर फागुले आमाबाबाको स्मृतिमा ‘सिजन परोपकार कल्याण कोष’ स्थापना गर्नु भएको छ ।

 

सामुदायिक विद्यालयमा लामो समयसम्म शिक्षण पेसा अंगालेर अवकासपछि उर्लावारीमा सुनगाभा बोर्डिङ्ग स्कूल तथा आकार फाउण्डेसन (परोपकार कल्याण सेवा) सञ्चालन गर्दै आउनु भएका फागोले १० लाख रकमको कोष स्थापना गर्नु भएको हो ।

 

दीनदुःखीहरुको सेवा गर्न कोषको ब्याजबाट प्राप्त हुने १० हजार रकम प्रत्येक वर्ष परोपकार कल्याण कोषमा थप्दै कोष मजवुत वनाउने र बाँकी रकम समाज सेवामा खर्च गर्ने.फागोले बताउनुभयो । तत्काल ६ लाख १२ हजार ३ सय ४५ रुपैयाँबाट कोष खडा गरेको, आगामी वर्षमा १० लाख पुर्‍याउने लक्ष्य रहेको फागोले प्रतिबद्दता व्यक्त गर्नुभयो ।

 

कोष समितिकालागि आफ्‌नो संंयोजकत्वमा फागोले उर्लाबारीका ९ वटै वडाका १/१ जना प्रतिनिधि, ४,५,६ र ७ नम्बरका १/१ जना गरी ४ जना सल्लाहकार तथा १, ४ र ७ नम्बरका ३ जना अनुगमन र ३ जना लेखा समिति निर्माण गर्नुभएको छ । समितिको कार्यकाल ३ वर्षे बनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आफ्नै गाईले टेक्दा गौरादहका वृद्ध गम्भीर घाइते

गौरादह, ११ मंसिर । आफ्‌नै गाईले टेक्दा गौरादहका एक व्यक्ति गंभीर घाइते हुनु भएको छ ।हिजो बिहिबार बिहान ६ बजे गौरादह –९ तुलाचन बस्ने ८३

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका