घटना

बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार

 

 

 

 

झाापा/

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका-४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन् ।

बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङले अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार महिलाको योनाङ्गमा गम्भीर चोट छ । महिलाको शरीरभरी नीलडाम र चोटपटक पनि छ । यौनाङ्गमा चोट लागेका कारण रक्तश्राव भएको हो ।

शनिबार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । बहिनी होटलमा पुगेर अस्पताल लगेकी थिइन् । अस्पताल लैजाँदा होटल सन्चालक अर्जुन पनि सँगै आएका थिए । उनलाई अस्पतालबाटै नियन्त्रणमा लिइएको हो । होटल सञ्चालक श्रेष्ठमाथि पीडित महिलाकी बहिनीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।

पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए । उनका श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए ।

दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ ।

शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् । बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार बलात्कृत भएको कोठा रगताम्य थियो । उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट पनि रगताम्य देखिएको प्रहरीले बताएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी

वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त

काठमाडौं,१३ असार । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू