लस एन्जलसको जङ्गलमा फेरि डढेलो फैलियो, हजारौं विस्थापित

एजेन्सी, माघ १०
अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो फैलिएपछि बस्तीतर्फ डढेलो आउने सम्भावना बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

 

कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा अहिले डढेलो लागेको छ । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन्, जसमा अहिलेसम्म कुनै क्षति नभएपनि डढेलो त्यहाँसम्म आउने सम्भावना बढेको अधिकारीहरुले बताएका छन् ।

 

डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ । आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ ।

 

क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । लस एञ्जलसमा डढेलो सुरु भएको दुई हप्ताभन्दा बढी भइसकेको बताइएको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ ।

Share: