मयूर स्कुलमा नवौं पश्चिमबंगाल किक बक्सिङ च्याम्पियनशीप

mayoor scl- kick boxing

सिलिगुडी, माघ १३
भारतको पश्चिमबंगालस्थित सिलीगुडीको ढुकुरीय पत्थरघटा मतिगरामा रहेर शिक्षा क्षेत्रमा चर्चित मयूर स्कुलले आफूले समेत सृजनशील गतिविधिका कार्यक्रम गर्दै आएको अवस्थामा सो स्कुलमा यो पटक नवौं पश्चिमबंगाल किक बक्सिङ च्याम्पियनशीप २०२५ सम्पन्न भएको छ ।

 

 

युवा तथा खेलकुद मन्त्रालयको वाको इन्डिया किक बक्सिङ फेडेरेशन अन्तर्गत पश्चिमबंगाल स्पोर्ट्‌स किक बक्सिङ एशोसियसनले कार्यक्रमको आयोजना गरेको थियो ।
एसएसबी सीमा मुख्यालय सिलिगुडीका महानिरीक्षक सुधीर कुमारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अम्बेडकर एकाडेमीमा निर्देशक विष्णु गोले, नारायण स्कुलका प्रिन्सिपल पंकज झासहितको विशेष आतिथ्यता रहेको थियो ।

 

पश्चिमबंगाल स्पोर्ट्‌स किक बक्सिङ एशोसियसनका अध्यक्ष गोपाल लामाको अध्यक्षताको कार्यक्रममा महासचिव विश्वनाथ रोयले एशोसियसनका तर्फबाट गतिविधि प्रस्तुत गर्नुभएको मयूर स्कुलकी पब्लिक रिलेसन अफिसर एवम् सर्जक कृतिका दाहालले जनाउनु भयो ।  दाहालले पश्चिमबंगालका दर्जनौं विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सामेल भई पुरस्कार हात पारेको उल्लेख गर्नुभयो । प्रतियोगिताले विद्यार्थीहरुलाई खेलप्रति उत्साहित बनाएको पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन