मयूर स्कुलमा नवौं पश्चिमबंगाल किक बक्सिङ च्याम्पियनशीप

सिलिगुडी, माघ १३
भारतको पश्चिमबंगालस्थित सिलीगुडीको ढुकुरीय पत्थरघटा मतिगरामा रहेर शिक्षा क्षेत्रमा चर्चित मयूर स्कुलले आफूले समेत सृजनशील गतिविधिका कार्यक्रम गर्दै आएको अवस्थामा सो स्कुलमा यो पटक नवौं पश्चिमबंगाल किक बक्सिङ च्याम्पियनशीप २०२५ सम्पन्न भएको छ ।

 

 

युवा तथा खेलकुद मन्त्रालयको वाको इन्डिया किक बक्सिङ फेडेरेशन अन्तर्गत पश्चिमबंगाल स्पोर्ट्‌स किक बक्सिङ एशोसियसनले कार्यक्रमको आयोजना गरेको थियो ।
एसएसबी सीमा मुख्यालय सिलिगुडीका महानिरीक्षक सुधीर कुमारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अम्बेडकर एकाडेमीमा निर्देशक विष्णु गोले, नारायण स्कुलका प्रिन्सिपल पंकज झासहितको विशेष आतिथ्यता रहेको थियो ।

 

पश्चिमबंगाल स्पोर्ट्‌स किक बक्सिङ एशोसियसनका अध्यक्ष गोपाल लामाको अध्यक्षताको कार्यक्रममा महासचिव विश्वनाथ रोयले एशोसियसनका तर्फबाट गतिविधि प्रस्तुत गर्नुभएको मयूर स्कुलकी पब्लिक रिलेसन अफिसर एवम् सर्जक कृतिका दाहालले जनाउनु भयो ।  दाहालले पश्चिमबंगालका दर्जनौं विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सामेल भई पुरस्कार हात पारेको उल्लेख गर्नुभयो । प्रतियोगिताले विद्यार्थीहरुलाई खेलप्रति उत्साहित बनाएको पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु