भोलिबाट माटोको कलात्मक रंगमञ्चमा चुलाचुली पाठशाला नाट्य महोत्सव

दमक, माघ १३
दक्षिणी इलाममा रहेर रंगमञ्च गतिविधिमा सक्रिय चुलाचुली रंगमञ्चले विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिमा माघ १४ र १५ गते ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ को तयारी पूरा भएको छ ।

 

चुलाचुली–३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा हुने महोत्सवका लागि माटोकै प्रपर्टी र माटोकै कलात्मक एवम् प्राकृतिक खुला मञ्च खडा भएको छ । योखाले नाट्यशालास्थल नेपालमै नौलो हो । मञ्च र दर्शक दीर्घा लगायतका संरचना निर्माण सम्पन्न भएको संस्थाका निर्देशक चेतन आङथुपो ‘डर’ ले जनाउनु भयो । त्यहाँ निर्मित खुला रंगमञ्चमा बिहान १० देखि अपरा्‌हन ४ बजेसम्म नाटकहरु प्रदर्शन गरिने आङ्थुपोले बताउनु भयो । कार्यक्रममा कार्यशाला पनि आयोजना हुनेछ ।

 

 

महोत्सवमा नेपालका सात वटा विद्यालयको प्रस्तुति छनोटमा परेको पनि उहाँले बताउनु भयो । चुलाचुली–२ को अमृत बोर्डिङ स्कुल, सोही स्थानको जनता मावि, चुलाचुली–४ को बालज्योति माध्यमिक विद्यालय, पञ्चबुद्ध एकेडेमी, मोरङ मिक्लाजुङस्थित मधुमल्लाको रिलायन्स बोर्डिङ स्कुल, सुन्दरहरैँचा विराटचोकको सुबिजुमुर मेमोरियल बोर्डिङ स्कुल र हेटौंडाको ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय महोत्सवका लागि छानिएका छन् ।

 

 

यसखाले पहिलो महोत्सवमा ६ वटा र दोस्रो महोत्सवमा १० वटा नाटक मञ्चन गरिएको थियो ।
२०६९ मा स्थापित चुलाचुली रंगमञ्चले नाटक महोत्सव, नाट्य कार्यशाला जस्ता गतिविधि गर्दै आएको छ । खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै सृजनात्मक गतिविधिमार्फत प्रतिभा बाहिर ल्याउने र असल नागरिक बनाउन यसखाले कार्यक्रम मद्धत पुग्ने आयोजकको अपेक्षा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।