हिरकको वार्षिकोत्सव र अक्षय कोषमार्फत पुरस्कार वितरण

पथरी, माघ १६
मोरङको पथरी शनिश्चरे १० स्थित हिरक आधारभुत विधालयले ३६ औं वार्षिकोत्सव तथा स्मृति अक्षय कोष पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

 

सेजल एण्ड सिस्टर फाउण्डेसनको मुख्य आर्थिक सहयोग रहेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्बापोले आफूले आफ्नो घर भन्दा पनि विद्यालयको छाना धेरै लगाएको स्मरण गर्दै विद्यालय राम्रो बनाउन सबै पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । सो विद्यालयकालागि विगत ६ वर्षदेखि नगरपालिकाले ४ जना शिक्षकको व्यवस्थापनमा सघाएको उहाँले जनाउनु भयो ।

 

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा १० नम्बर वडाअध्यक्ष जीवन खतिवडा, कार्यापालिका सदस्य मीना योञ्जन तामाङ, नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल, भूटानी शरणार्थी शिविर सचिव कर्ण राई, इन्ट्रा फाउण्डेसनबाट राम कुमार बानियाँ, ग्लोबल भुटनिज अर्गनाइजेसनबाट टिका अधिकारी, भुमेट्स अध्यक्ष मोहन गौतम (अष्ट्रेलिया) , समाजसेवी प्रदिपकुमार राई लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा अक्षयकोष दाताहरु, विद्यालय व्यवस्थापनका पूर्व अध्यक्षहरु, पूर्व शिक्षकहरुलाई सम्मान साथै अन्य स्मृति अक्षय कोषको विधागत पुरस्कार विद्यार्थीहरुलाई प्रदान गरिएको छ । यसै कार्यक्रमको अवसरमा पूर्व संचारकर्मी हाल अमेरिकामा रहनुभएका लोक बहादुर चौहानको परिवारद्वारा ५१ हजार १ सय ११, स्थानीय समाजसेवी प्रेम ढकालद्वारा ५१ हजार १ सय ५१ रुपैया र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कुरुम्बाङको परिवारको तर्फबाट ५१ हजार १ सय ५१ रुपैयाँ अक्षय कोषमा जम्मा गरिएको छ । उहाँहरुले आफ्नो स्वर्गवास हुनुभएका अभिभावकहरुको स्मृतिमा कोष खडा गर्नुभएको हो । कार्यक्रममा युवा समाजसेवी विनम राई र राम बानियाँलाई पनि विद्यालयलाई दिएको योगदान प्रति सम्मान गरिएको छ ।

विविध कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम अन्तर्गत २० वटा गीतहरुमा विद्यार्थीहरुले एकल र सामूहिक नृत्य प्रस्तुत गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप