अभिभावक दिवसमा चुलाचुली बोर्डिङको कलात्मक प्रस्तुति

दमक, माघ १६
झापाको दमक १ मा रहेर शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको चुलाचुली इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले विद्यार्थीका रोचक र कलात्मक प्रस्तुतिकासाथ बुधबार आफ्‌नो ४५ औं वार्षिकउत्सव मनाएको छ ।

 

वि.सं.२०३७ मा स्थापना भएको विद्यालयले आफ्‌नो ४५ औं वर्ष प्रवेशका अवसरमा अभिभावकहरुबीच विद्यार्थीका सृजनशील प्रतिभा प्रस्तुत गराएको छ । जसमा कक्षा नर्सरीदेखि आधारभूत तहसम्मका विद्यार्थीहरुले नृत्य, गीत र साँस्कृतिक प्रस्तुतिसहितका १२ वटा प्रस्तुति दिए । जसमा,विभिन्न जातजाति समिश्रित प्रस्तुति आकर्षक रह्यो । अनि मारुनी, लिम्बूसहितका एकल तथा सामुहिक नृत्यका साथै गीत समेत उसैगरी प्रस्तुत भए । जसले अभिभावकलाई आनन्दित र आकर्षित गर्यो । विद्यार्थीहरुले मन्तव्य व्यक्त गरेर आफ्‌नो वाककला समेत प्रस्तुत गरेका थिए ।

 

सो अवसरमा अभिभावकबीचको इनआउट खेलमा आशिष चेम्जोङ, प्रकाश थापा र मदन तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर पुरस्कृत बन्नुभयो । महिला अभिभावकको तातो आलु खेलमा सुनिता अधिकारी, शान्तिकला राई र कल्पना राई क्रमशः पहिलो, दोस्रो र तेस्रोस्थान हाँसिल गरेर उसैगरी पुरस्कार हात पार्नुभयो ।
बोअलिङतर्फ, कमलप्रसाद आङ्देम्बे, मकरबहादुर तामाङ र कार्यक्रमका प्रमुख अतिथि कुबेरप्रसाद भट्टराईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभयो ।

 

 

विद्यालयका संस्थापक निर्देशक मनोज साम्पाङ राईको अध्यक्षताको कार्यक्रममा विद्यालयका शिक्षक रमण दाहालले विद्यालयको प्रगति बारेमा अभिभावकहरुलाई जानकारी गराउनु भयो ।

 

विद्यालयहरुमा गुणस्तरीय शिक्षा विस्तारकालागि नगरपालिकाले नीति बनाउँदै लगेको छ । सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा एकरुपता सहितमा पहल गरिहेको कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा समिति संयोजक एवम् दमक ९ का वडाअध्यक्ष कुबेरप्रसाद भट्टराईले उल्लेख गर्नुभयो । उहाँले चुलाचुली स्कुलको प्रगतिको समेत उहाँले प्रशंसा गर्नुभयो ।

 

कार्यक्रममा शिक्षक विनोद भण्डारीले मनोरञ्जनात्मक खेलको संयोजन गरेर रोचक बनाउने भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल चन्द्रप्रकाश राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप