दमक नगरस्तरीय ‘ग्लोबल कप बुद्धिचाल प्रतियोगिता’ सम्पन्न

global chess

दमक, माघ १८
गुणस्तरीय शिक्षामा अगाडि रहेको झापाको दमक ६ मा अवस्थित ग्लोबल एजुकेशनल एकाडेमीले दमक नगरस्तरीय ‘ग्लोबल कप खुला बुद्धिचाल प्रतियोगिता’ सम्पन्न गरेको छ ।

 

विद्यार्थीलाई औपचारिक पढाईसँगसँगै थप सृजनशील बनाउने योजनामा सिनियर, जुनियर र छात्राका गरी ३ प्रकारका खेलहरु सञ्चालन भएको विद्यालयका शिक्षक घनश्याम पथिकले जनाउनु भयो ।

 

नगरका १ दर्जन बढी विद्यालय सहभागि २ दिने प्रतियोगितामा सिनियरतर्फ ग्लोबलका श्रीयन्स चौलागाईं पहिलो, ग्लोबलकै महेश दवाडी दोस्रो र सूर्योदयका चिरायू भट्टराईले तेस्रो स्थान हाँसिल गर्नुभयो ।

 

जुनियरतर्फ इस्टर्न स्टारका दर्शन पाठक पहिलो, प्रजिता एजुकेशनल एकाडेमीका निसुङहाङ राई दोस्रो र हिमालय माविका प्रसन राई तेस्रो हुनुभयो ।

 

छात्रातर्फको प्रतियोगितामा ग्लोबलकै प्रविशा दवाडी पहिलो, सोही विद्यालयकी अनुज्ञा ढुंगाना दोस्रो र अक्सफोर्डकी प्रतिमा बास्कोटाले तेस्रो स्थान सुरक्षित गर्नुभयो ।
समापन समारोहमा पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा, विद्यालयका प्रिन्सिपल गुणराज अधिकिारीसहितले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा सिनियरतर्फ २४, जुनियरतर्फ २७ र छात्रातर्फ ७ जना सहभागि थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन