सिंहबाहिनी माविका पूर्व विद्यार्थीहरुले अक्षयकोष खडा गर्दै

पथरी, माघ १९
मोरङको पथरीशनिश्चे ९ रिंगुवामा अवस्थित सिंहबाहिनी माद्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले अक्षयकोष खडा गर्ने योजना अघि सारेका छन् ।

 

सो विद्यालयका भूतपूर्व विद्यार्थीहरुले एक महिना अघि गठन गरेको ‘भूतपूर्व विद्यार्थी सञ्जाल’को शनिबार पथरीमा सम्पन्न पहिलो बैठकले विद्यार्थीको पठनपाठन तथा विद्यालयको गुणस्तरीय शिक्षाकालागि अक्षयकोष खडा गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष राजकुमार नाछिरिङ राईले जनाउनु भयो । उहाँले अक्षयकोषसहित विभिन्न १३ वटा प्रस्तावमाथि निर्णय भएको समेत जानकारी गराउनु भयो ।

 

बैठकले स्थानीय नगरपालिका कार्यालयमा संस्था दर्ता गर्ने तथा संस्थाको विधान निर्माणकालागि उपाध्यक्ष राजकुमार विश्वकर्माको संयोजकत्वमा सचिव भूपेन्द्रराज तिम्सिना, सदस्यहरु गीता तिम्सिना, ऋषि चम्लागाईं र सल्लाहकार (शिक्षक) लेखनाथ भट्टराई रहेको ५ सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय भएको छ । साथै संस्थामा पूर्व विद्यार्थी गीता तिम्सिना र ज्ञानु मगर गिरीलाई सञ्जालको सदस्यमा मनोनित समेत गरिएको छ ।

 

विद्यालयका प्रधानाध्यापकलाई अनिवार्य रुपमा समेटेर सञ्जालको निर्णयमा सरिक गराउने समेत निर्णय गर्दै हाललाई पूर्व शिक्षकहरु लेखनाथ भट्टराई, भगतचन्द्र थपलिया, चण्डीप्रसाद राई, तारानाथ बराल र हालका प्रधानाध्यापक उमेशकुमार खड्का रहेको सल्लाहकार समिति समेत गठन भएको छ ।

 

संस्थाको आर्थिक व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउन संस्थाको नाममा सिद्धार्थ बैंकमा खाता खोल्ने पनि निर्णय भएको छ । भूतपूर्व विद्यार्थीहरुको बाहुल्यता रहेका ठाउँमध्ये काठमाडौं सम्पर्क समिति गठनको निर्णय भएको छ । जसको संयोजकमा गोपाल कार्की तथा सदस्यमा रमेश घिमिरे, रञ्जना निरौला (चम्पा), पर्शुराम थापा, मञ्जु थापा, कल्पना राई, भोगेन्द्र कठायत, पार्वता अधिकारी लामिछाने र टंक खरेल रहनु भएको छ ।

 

प्रवास सम्पर्क समिति अमेरिकाकालागि भूपाल गौतम, खगेन्द्र तिम्सिना, रमला सुब्बा, दीपक लिम्बू, धनबहादुर कटुवालसहितलाई समेट्ने निर्णय गरिएको छ ।
यसका साथै अष्ट्रेलियामा रहनुभएका शिवराज सापकोटा, लिला सुवेदी, बेलायतमा रहनुभएका उत्तर लिम्बू, न्यूजिल्याण्डमा जगत लिम्बू, जर्मनमा दुर्गादेवी ढकाल, लण्डनमा जितेन्द्र अधिकारी, फिनल्याण्डमा महेश योञ्जन, माल्टामा गजिन्द्रमान खत्री (मिलन) सहितसँग सम्पर्क गरी ती देशका साथै अन्य देशमा पनि भूतपूर्व विद्यार्थीको खोजी गरेर प्रवास सम्पर्क समितिहरु निर्माण गर्ने समेत सर्वसहमतिमा निर्णय भएको छ ।

 

संस्थाको सदस्यता विस्तारकालागि विद्यालयमा रहेको भूतपूर्व विद्यार्थीहरुको तथ्यांक संकलन गर्ने र उहाँहरुसँग सम्पर्क गरी सञ्जालको आजिवन सदस्यका रुपमा समेत समेट्ने निर्णय गरिएको छ । सञ्जालका सदस्य तथा तिनका परिवारको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्ने कार्यलाई संस्थाले अघि बढाउने निर्णय समेत भएको छ ।

 

संस्थाले ०८१ पुस २७ मा आयोजना गरेको आमभेला तथा वनभोज कार्यक्रमको समीक्षा गर्दै सो वनभोजबाट ११ हजार ४ सय र ०८० को वनभोजबाट समेत गरी ४० हजार ६५ वचत भएको जनाइयो । विद्यालयमा धारा जडानकालागि जम्मा गरिएको रकममध्ये १ लाख ४० हजार खर्च भएको र १ लाख ५० हजार रकम बचत रहेको तथा हालसम्मको कुल बचत १ लाख ९० हजार ६५ रहेको कोषाध्यक्ष सारदादेवी बस्नेतले बैठकमा जानकारी गराउनु भयो ।

 

बैठकमा, विद्यार्थी पुनर्मिलन कार्यक्रममा पुलका रुपमा भूमिका निर्वाह गर्दै विद्यार्थीको एकतामा महत्वपूर्ण योगदान दिँदै आउनु भएका पूर्व शिक्षक लेखनाथ भट्टराई, प्रधानाध्यापक उमेशकुमार खड्का, सहायक प्रधानाध्यापक पवन राईसहित आमन्त्रित रुपमा उपस्थित रहनु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यसकारण हार्यो एमाले

दमक, २६ फागुन । भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि नेपाली राजनीति एकाएक बदलिएको थियो। त्यस आन्दोलनको सबैभन्दा ठूलो राजनीतिक असर भोग्ने दल बन्यो

‘पार्टीको नेतृत्व बदलिँदैन, तर सुधारिन्छ’ : कांग्रेस नेता सिवाकोटी

दमक, २६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिर कुमार सिवाकोटीले पार्टी अब आत्मसमीक्षा गर्दै सुधारका साथ अघि बढ्ने बताउनुभएको छ। मंगलबार रेडियो किङ एफएमको

पैतृक सम्पत्तिमा छोरीको अविच्छिन्न अंश अधिकार र वंशीय उत्तराधिकार

  दमक, २६ फागुन । ​नेपालको न्यायशास्त्रमा पैतृक सम्पत्तिमा छोरीको अधिकार अहिले ‘छनोट’ को विषय नभई ‘बाध्यात्मक कानुनी हक’ को रूपमा स्थापित भइसकेको छ। नेपालको

गौरादहका मेयर कुट्नेका विरुद्ध बोल्यो मानव अधिकार संघठन

दमक, २५ फागुन | गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि भएको आक्रमणको घटनाप्रति नेपाल मानव अधिकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले आज एक प्रेस

गौरादहका मेयर कुट्ने सिटौलालाई १० दिनको म्याद थप, अब के हुन्छ?

दमक, २५ | फागुन । गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीलाई छापड हानेको आरोपमा पक्राउ परेका एक जनामाथि अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप पाएको