‘दूरदृष्टिसहितको नेतृत्वबाट मात्र कोशीमा प्याब्सन भविष्य सुनिश्चित छ ’: कोषराज प्याकुरेल

कोषराज प्याकुरेल
आज विशेष दिन । हामी शिक्षा क्षेत्रमा काम गर्न समुदायका लागि चाडपर्व को दिन। हाम्री आरध्यदेवी सरस्वती माता ले हामी सवै को रक्षा गरून्। हामीले संचालन गरेका हाम्रा बिद्यालयमा पठनपाठन गरेका हाम्रा नानीहरू लाई सरस्वती माताको कृपा दृष्टि सदैव परिरहोष् । हामी यही कामना गर्दछौं।
साथीहरू,
समय को घड़ी सगै हामी रफ्तारमा छौं। हामी साथीहरूसग भेटघाट मा छौं। कति दुरभाष मै सिमित रह्यों कति प्रतक्ष भेटघाट भयो । चाहना रहदा रहदै भेटघाट गरेर विचार मन्थन गर्न नपाएकोमा कता कता असजिलो महशुस पनि भै रहेको छ। तथापि साथीहरूले यो कठिनाइ लाई बुझिदिनु हुन्छ भन्ने मा आशाबादी छु।

साथीहरू,
समुदायको मनमस्तिष्कमा सकारात्मक हस्तक्षेप गरेर समुदाय लाई आफ्नो योजना अनुरुप निर्दिष्ट दिशातिर डोऱ्याउने लक्ष लिएको छु। वास्तवमा सवै बाट आएका विचार लाई संश्लेषण गरेर सवैको साझा विचार निर्माण गरि सोही अनुरुप सवैलाई डोऱ्याउनु नै नेतृत्वमा जादै गर्दा को यात्रामा अवलम्बुन गर्न परने एड्टा महत्वपूर्ण पक्ष हो जस्तो लाग्छ । अनुभव, तालिम, स्वाध्ययन, शिक्षा आदिको कमी भएमा नेतृत्व असफल हुन्छ । अनुयायीलाई उत्प्रेरित गर्दे उनीहरुलाई पथप्रदर्शन गर्ने, मानव संसाधनको उचित व्यवस्थापन गर्ने योग्यता र क्षमता नेतृत्वमा हुनु पर्छ र यो रातारात विकास हुने कुरा पनि होईन।

हरेक क्षेत्रमा नेतृत्वले विशिष्टिकृत रुपमा अलगअलग गुण को विकास गर्न आवश्यक हुन्छ भन्ने लाग्छ। जीवनको लामो समय खर्चेर अनेकों आरोह–अवरोह छिचोल्दै आज यहाँ सम्म आई पुगिएको छ।

इमान्दारी, क्षमता, सुझबुझ, क्रियाशीलता र दूरदृष्टिसहितको नेतृत्वबाट मात्र कुनै पनि संस्थाको भविष्य सुनिश्चित हुने हो।
मानका लागि कुर्सीमा जान खोज्ने र कुर्सीमा जानका लागि जालझेल र षड्यन्त्र गर्ने अनि सामुहिक कामभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि संगठन र संस्था संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति व्याप्त छ ।

अहिले नेतृत्वमा हुने सबैभन्दा महत्वपूर्ण क्षमता भनेको मानिस र मानिसको भावनालाई बुझन सक्नु पनि हो। भिन्नभिन्न सोच र विचार भएका मानिसलाई मिलाएर एउटै पंक्तिमा अगाडी बढ़ाउन सक्नु नेतृत्वको सबैभन्दा ठूलो चुनौति हो ।

मानिसलाई उत्प्रेरित गर्न सक्नु, उचित सम्मान गर्नु, भावनालाई व्यवस्थापन गर्नु भावनात्मक बुद्धिको प्रयोग गर्नु हो । सफल नेतृत्वकर्तासँग व्यावहारिक रूपमा मानिसलाई बुझन सक्ने क्षमता रहेको हुन्छ ।

मानिसलाई राम्रोसँग सुन्ने र उसलाई बुझनका लागि सुन्ने, मानिसको फरक–फरक मानसिक अवस्थामा फरक तरिकाले सकारात्मक व्यवहार गर्ने, मानिसलाई अधि बढ्न उत्प्रेरणा दिने तथा मद्दत गर्ने बानी नेतृत्वमा हुन जरुरी छ।

नेतृत्व त रोलमोडल वा नमूना हुनुपर्छ । नेतृत्वमा रहने व्यक्तित्वहरुले आफूलाई समाजका विभिन्न क्षेत्रबाट आशाको नजरले हेरिरहेका छन् भन्ने बुझेमा मात्र साँचो अर्थमा संगठन को नेतृत्व सम्भव हन्छ ।

व्यक्तिगत स्वार्थ र हीनताबोधबाट माथि उठेर चिन्तन गर्ने हो भने मात्र आफ्नो क्षेत्रको सच्चा सारथी हुन सकिन्छ ।
मानिस त्यहीं पुग्छ जति उसको सोचको परिधि छ। एउटा सफल हुने नेतृत्वको सोच जहिले पनि ठूलो हुन्छ। ठूलो सोचले मानिसलाई ठूलो काम गर्न उत्प्रेरित गर्छ । नेता सानोतिनो नकारात्मकतामा अल्झिएर आफ्नो समय खेर फाल्दैन । नेता अरुको प्रगतिमा जल्दैन ।

नेता आफू जस्तै साथीहरुको क्षमतामा पनि विश्वास गर्छ। राख्छ र संघर्ष गरिरहन्छ । यो नै त्यो गुण हो जसले एउटा साधारण मानिसलाई असाधारण नेता बनाउँछ। सानो सोचले जीवनमा ठूलो सफलता प्राप्त गर्न प्रायः असम्भव हुन्छ ।

चीनका महान नेता माओत्सेतुङ भन्छन्– ‘नेतृत्वको मूल्यांकन चुनौतिपूर्ण घडीमा मात्र होइन, अति नै सहज र सुखका दिनमा पनि गर्नुपर्छ । जीवनमा एक– दुई वटा असल काम गर्न सकिन्छ, तर जीवन भर असल काम गर्न गार्हो हुन्छ।’

सफल नेता पथप्रदर्शक मात्रै नभएर, त्यो बाटोमा आफू पनि हिंडेको हुन्छ। नेताले खाली अरूलाई यो गर्नुपर्छ, त्यो गर्नेपर्छ मात्र भन्दैन, बरू आफैं ले कतिपय कुरा गरेर उदाहरण बन्छ।

नेतृत्वको सबैभन्दा महत्वपूर्ण पाटो भनेको आफैले गरेर उदाहरण बन्नु पनि हो। कुनै कुरा जानु मात्र ठूलो कुरा होइन, त्यसलाई प्रयोगमा ल्याउन सक्नु मानिसको लागि ठूलो चुनौति हो।

सफल नेता आफूले लिनमा मात्र होइन, जहिले पनि दिनमा विश्वास गर्छ। ऊ आफ्नो मात्रै प्रगतिका बारेमा सोच्दैन, अरूको प्रगतिमा पनि उ त्यति नै खुशी हुन्छ र सहयोग गर्छ । असल नेतृत्वको विकास भएर मात्र मुलुकको साँचो अर्थमा विकास हुने हो।

मलाई बरिस्ठ उपाध्यक्ष पदमा मतदान गरिदिनुस

आफू झापा जिल्ला को बासिन्दा भएको भावी नेतृत्व झापा जिल्ला ले ग्रहण गर्नु पर्ने भएकाले बरिस्ठ पद झापा ले लिनै पर्ने बाध्यता र नेतृत्व को हिसाबले र नोमिनेसन भई सकेका कारण आम झापाली साथीहरू र कोशी प्रदेश का अन्य जिल्ला का साथीहरूले यसलाई मनन गरेर मलाई बरिस्ठ उपाध्यक्ष पदमा अत्याधिक मतले विजयी गराउने कुरामा आफू आशावादी रहेको र सम्पूर्ण साथीहरू समक्ष भोट को याचना सहित विनम्र अनुरोध छ। धन्यवाद ।

जय प्याब्सन।

Share: