सहारा ठगीमा रविसहित ३२ जनालाई चितवनमा मुद्धा दायर

rabi ko muddha

दमक, माघ २२
साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३२ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

 

मंगलबार सरकारी वकिल कार्यालय चितवनले रवि लामिछाने सहित ३२ जनालाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी तथा संगठित अपराध कसुरमा अदालत मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जनाउनु भयो ।

 

प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको उहाँले उल्लेख गर्नुभयो । सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित संगठित अपराध कसुरमा मुद्दा दर्ता गरेको छ । सो मुद्दामा बुधबारदेखि बहस हुनेछ ।

 

विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएसँगै चितवन झिकाउन पत्राचार गरिएको छ ।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।

 

जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हर्ब्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ । स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको