काठमाडौं, माघ २२
पाथीभरा क्षेत्रमा केवलकार निर्माणमा बढेको विवाद समाधान गर्न सरकारले आव्हान गरेको वार्तामा मंगलबार पनि कुनै निष्कर्ष निस्किन सकेन ।
दुवैतर्फको वार्ता टोलीले मंगलबार ८ घण्टासमेत गरेर दुईदिनमा झण्डै १२ घण्टा हिमालय होटलमा वार्ता गर्दा पन िकुनै निचोड निस्किन सकेन ।
सरकारले सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
उता केवलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनमा उत्रिएकाहरुले पनि प्राज्ञ अमर तुम्याङको संयोजकत्वमा अधिवक्ता शंकर लिम्बू, राम मादेन र सरस्वता लिम्बू सदस्य रहेको वार्ता टोली बनाए ।
सोमबार पहलिो दनिको वार्तामै आन्दोलनकारीहरुले यो राजनीतिक विषय भएकाले कर्मचारीको तहबाट निर्णय लिने अधिकार कति छ भन्ने प्रश्न उठाएका थिए ।