पथरी, माघ २३
मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले छैटौँ अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
पथरी शनिश्चरे नगर क्षेत्र भित्रका विद्यालयहरुको सहभागितामा होटल साल्पामा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा पथरी शनिश्चरे वडा नम्बर ९ को सिंहवाहिनी माविकी सरु आचार्य, वडा नं १ को पञ्चायत माध्यमिक विद्यालयका सौभाग्य मिश्र र वडा नम्बर १ कै न्यू पेगोडा इङ्लिस स्कूलका सरमन ढुंगेल क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पुरस्कृत बन्नु भयो । वडा नम्बर ७ को चन्द्रकिराँतेश्वर माविकी खुशी आङ्गदेम्वे र वडा नम्बर २ मा रहेको रेडस्टार माविका आराध्य खड्काले सान्त्वना स्थान हासिल गर्नुभएको व्यवस्थापक गणेश कुमार वाछाना राईले जानकारी दिनुभयो ।
।
प्रतियोगितामा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड मोरङका कोषाध्यक्ष डि.बी. थापाका साथमा टंक अधिकारी निर्णायक रहनुभएको सचिव महेन्द्र ढुङ्गानाले उल्लेख गर्नुभयो । लडबुद्ध साकोसका अध्यक्ष धनराज राई (अमीर) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।