वाद्यवादनमा आकर्षित बन्दै छन् संगीतप्रेमी वडाबासीहरु

दमक, माघ २३
वडाबासीलाई सृजनशील बनाउने काममा झापास्थित दमक नगरपालिकाको ६ नम्बर वडा कार्यालयले कार्यक्रमहरु अघि सार्दै आएको छ । यसक्रममा यो बेला आयोजना भएको वाद्य वादन सम्बन्धिको १ महिने तालिम समेत एउटा उदाहरण हो ।

 

महिलाकालागि समेत जागरण ल्याउन आयोजना गरिएको १ महिने हार्मोनियम र मादल वादन तालिमले सहभागितलाई गीतसंगीतप्रति प्रोत्साहित गरेको छ ।
भजन किर्तन टोलीमा रहेपनि वाद्यवादनको ज्ञान कम भएकाले तालिम लिएको बताउँदै प्रशिक्षार्थी अम्बिका आचार्यले धर्म संस्कृति जोगाउन समेत यसखाले तालिमले मद्धत पुगेको बताउनु हुन्छ । लक्ष्मीप्रसाद दाहालले मादल वादनको तालिम लिनु भयो । उहाँले यसखाले तालिमबाट हार्मोनियन, मादल जस्ता मौलिक बाजाको संरक्षणमा समेत ठूलो मद्धत पुर्याउने विचार राख्नुहुन्छ ।

 

सुरसुधा संगीत विद्यालयकी सञ्चालक चन्द्रा गड्तौलाले वाद्यवादन तालिमको सहजीकरण गर्दै प्रशिक्षार्थीहरु उत्साहित भएर सिकेको जनाउनु भयो ।
वडामार्फत सञ्चालनमा ल्याइएको एक महिने वाद्यवादन र तीन महिने सिलाई कटाई तालिम एकैदिन एउटैस्थलबाट उद्घाटन भएको थियो । वाद्यवादनको एक महिने अवधि पुरा भएको छ ।

 

यस्ताखाले सीपमूलक तालिम व्यहारमा लागू गर्दै व्यवसायिकता समेत हाँसिल गर्नुपर्ने कुरामा जोड दिएको ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले जनाउनु भयो ।
वडाको सीप विकास कार्यक्रम अन्तर्गत वाद्यवादनकालागि १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सो तालिममा १५ जनाको सहभागिता रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय