सरकारले गर्‍यो दैनिक १.१२ किलोमिटर सडक कालोपत्रे

दमक, माघ २५
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले दैनिक करिब १.१२ किलोमिटरका दरले झण्डै २ सय किलोमिटर सडक कालोपत्रे गरेको छ ।

 

जसमध्ये दुई लेन सडकतर्फ १८१.४२ किलोमिटर तथा चार लेन सडकतर्फ २०.५८ किलोमिटर सडक कालोपत्रे गरिएका छन् ।
चालु आर्थिक वर्षभित्र दुई लेन सडकतर्फ ८०० किलोमिटर र चार लेनतर्फ १२० किलोमिटर गरी कुल ९२० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ ।
त्यस्तै, यो अवधिमा २१ वटा पुल निर्माण गरिएका छन् ।

 

चालु आर्थिक वर्षमा कुल ५ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण गर्न लागिएकोमा २ किलोमिटर सम्पन्न भएको छ । त्यस्तै, रेलवे अन्तर्गत ३ वटा पुल निर्माण गर्ने लक्ष्यमा सबै निर्माण सम्पन्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

 

सबैभन्दा धेरै हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । त्यस्तै, मध्यपहाडी पुष्पलाल लोकमार्गमा ११ किलोमिटर लगायत रहेको छ ।
यो वर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । दोस्रो त्रैमाससम्म यो रकममध्ये ३५ अर्ब ४८ करोड १८ लाख रुपैयाँ खर्च भएको छ जुन २३.५९ प्रतिशत बराबर हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा