फुटबल

रियल हारबाट जोगियो, बार्सिलोना विजयी

 

 

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड अन्तिम समयमा हारबाट जोगिँदा बार्सिलोनाले भने जित आत्मासाथ गरेको छ।

आइतबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एल्चेसँग रियल २-२ गोलको बराबरी गर्न सफल हुँदा बार्सिलोनाले भने अलाभेसलाई १-० ले पराजित गर्‍यो।

शिर्ष स्थानको रियल आइतबार राति घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा बाँकी रहँदा खेलमा फर्किएको थियो। खेलमा ४२ औ मिनेटमा एल्चेले लुकास बोएको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको उसले दोस्रो हाफमा थप एक गोल गर्‍यो। ७६ औ मिनेटमा पेरे मिलाले दोस्रो गोल गर्दै टीमलाई २-० को अवस्थामा पुर्‍याए।​

लुक्का मोड्रिले पेनल्टी मार्फत रियललाई ८२ औ मिनेटमा पहिलो गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए। इन्जुरी समयको दोस्रो मिनेटमा रियलका एडर मिलिटाओले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याउँदै टीमको संकट टारेका थिए।

आइतबार रातिनै भएको खेलमा बार्सिलोनाले अन्तिम समयमा तीन अंक हासिल गर्‍यो। उसका लागि फ्रेन्की डे जोङले गरेको गोल निर्णायक सावित भएको थियो। अधिकांस समय गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा डे जोङले फेरान टोरेसको एसिस्टलाई सदुपयोग गर्दै टीमको संभावित बराबरी टारेका थिए।

जितपछि बार्सिलोनाले २१ खेलबाट ३५ अंक बनाएर पाँचौ स्थानमा उक्लिन सफल भएको छ। बार्सिलोनासँग पराजित भएको अलाभेस भने रेलिगेशन जोनमा रहेको छ। अलाभेसको २२ खेलबाट १७ अंकका साथमा १९ औ स्थानमा रहेको छ।

त्यस्तै रियलले २२ खेलबाट ५० अंकका साथ शिर्ष स्थानमा कायमै छ। दोस्रो स्थानको सेभिल्लालाई रियलको बराबरीले केहि राहत मिलेको छ। रियल अझै सेभिया भन्दा ४ अंकले अघि छ। को अग्रता भने कायम बराबरी पछि एल्चेले २३ अंक बनाएर १५ औ स्थानमा कायम छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु