झापा मोडलमा विद्यार्थीमाझ पठन संस्कृतिको विकासमा ‘किताबका कुरा’

दमक, माघ २५
दमक ८ स्थित झापा मोडेल इङ्गलिस स्कुलले पठन संस्कृतिको विकासमा ‘किताबका कुरा’ कार्यक्रम अघि बढाउने क्रममा शुक्रबार आठौं श्रृंखला सम्पन्न भएको छ ।

 

झापा मोडल साहित्यिक क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा ४ जना विद्यार्थीले आफूहरुले अध्ययन गरेका ४ पुस्तकमाथि परिचर्चा गरिएको थियो । जसमा विनम्र भट्टराईले नेपाल फ्रग, मिलन पौडेलले नेलकटर, अरिमा धिमालले जस्टिक स्टोरिज र कृतिका अधिकारीले हेलन केल्लर पुस्तक अध्ययन गर्नुभएको थियो । पुस्तक परिचर्चामा विद्यार्थीहरुले आफूहरुको अतिरिक्त रुपमा ज्ञान, सोच्ने शैली, समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र साहित्यको मर्मको आत्मसाथ भएको कुरा राख्नु भएको थियो ।
कार्यक्रममा दमक नगरको सामाजिक विकास समितिका संयोजक एवम् दमक ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईले यसखाले विमर्शले पठन संस्कृतिको विकास भई किताबको सिधा अर्थ भन्दा पनि भावार्थलाई बुझ्‌ने र विचारको मन्थन गर्ने क्रमको विकास हुने बताउनु भयो ।

 

कार्यक्रममा पत्रकार एवम् साहित्यकार उज्यालो खबरका सम्पादक भूपेन्द्रराज तिम्सिनाले सृजना क्षेत्रसँगको सामिप्यताले मनले बाँच्ने भावनाको विकास हुने र असल समाजकालागि त्यसखाले भावना आवश्यक पर्ने चर्चा गर्नुभयो ।

 

कार्यक्रमको संयोजन गर्नुभएका त्यहाँका शिक्षक सर्जक धनकुटे कान्छाले यसखाले पठन संस्कृतिको विकाससँगै पठनपाठनलाई थप प्रभावकारी बनाउँदै फरक तरिकाले सोच्ने र समाजको हितमा सर्वउपयोगी व्यवहार गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले विद्यार्थीहरुलाई सृजनशील बनाउने काममा विद्यालयले यसखाले कार्यक्रमलाई जोड दिएको उल्लेख गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय