काठमाडौं, माघ २६
काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयको खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा अहिले बिहान आगलागी भएको छ । आगलागी शंकास्पद देखिएकाले घटनाको अनुसन्धानका क्रममा त्यहाँका २ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ ।
मन्त्रालय रहेको सबैभन्दा माथिल्लो तलामा भएको आगलागी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिनु भयो । आगलागी कसरी भयो भन्ने बारे खुलिनसकेको छैन । आगलागीबाट झ्यालसहित केही कागजातहरू पनि जलेको देखिएको छ ।
घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि एसपी बोहराले बताउनु भयो ।