अनुशीलन

साहित्य, शिक्षा र पत्रकारिताको दमकको ऐतिहासिक व्यक्तित्व मेघराज तिम्सिना

दमक, माघ २६
उहाँ दमकको साहित्य, शिक्षा र पत्रकारिताको अगुवा जिँउदो इतिहास हुनुहुन्छ । अर्थात माता मद्धोदर र पिता देवीप्रसाद तिम्सिनाका सन्तानका रुपमा वि.सं. १९९८ सालमा पाँचथरको सुभाङमा जन्मिनु भएका मेघराज तिम्सिना उमेरले ८४ वसन्त टेक्दै गर्दा पनि सृजनशीलताका हिसावले सक्रिय हुनुहुन्छ ।

 

पाँचथरदेखि नै शिक्षण पेसामा आवद्ध रहेको अवस्थामा २०१८ सालदेखि झापाको दमकमा बसोबास गरेर सोही पेसालाई अगाडि बढाउँदै आउनु भयो । यस क्रममा २०२८ सालमा पञ्चायती सरकारले उहाँलाई राजनीतिक अभियोग लगाएर पेसाबाट हटाएको अवस्था रह्यो । जम्मा १३ वर्ष शिक्षण गर्नुभएका उहाँ हिमालय मावि दमक २, पृथ्वी निमावि दमक १ र दमक ८ को सरस्वती प्राविहुँदाको प्रधानाध्यापक समेत बनेर काम गर्नुभयो । ०४९ देखि ०६७ सम्म हिमालय माविको व्यवस्थान समिति अध्यक्ष, दमक बहुमुखी क्याम्पसको संस्थापक सञ्चालक समिति सदस्य रही शैक्षिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भयो ।

 

शिक्षणबाट हटाइएपछि २०२९ देखि ०३९ सम्म दमक चोकको लिला खनालको घरमा ‘चुलाचुली’ नामको पुस्तक पसलमार्फत आफ्‌नो व्यवसायिक यात्रा अघि बढाउने क्रममा सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिमा जोडिने अवसर मिलेपछि दमकबाट समाचार लेख्ने गर्नुभयो । १० वर्ष अवधिसम्म त्यसमा अमृतलाल श्रेष्ठमार्फत समाचार लेखेर पठाउनु भयो । सो समितिलाई १ कठ्ठा जग्गा समेत दमकमा प्रदान गर्न उहाँको देन रह्यो । पछि त्यो जग्गा समितिले थाहै नपाई बिक्री गरेको उहाँको गुनासो छ । पछि स्थानीय जनज्योति साप्ताहिकको सहसम्पादकका रुपमा पनि केही समय काम गर्नुभयो ।

 

०३५ सालमा जिल्ला प्रशासन कार्यालयमा अनुनय विनय गर्दा बल्लतल्ल संस्था दर्ताको मौखिक स्वीकृति लिएर दमकमा पञ्चायत पुस्तकालय तथा वाचनालय स्थापना भयो । वाचनालयबाट पहिलो साहित्यिक पत्रिकाका रुपमा ‘नागबेली’ पत्रिका निकाल्ने काम भयो । सो संस्थाको सचिव रहेर उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएपनि ०३६ सालको जनमत संग्रहपछिको राजनीतिक अवस्थाले वाचनालयलाई निल्यो । अञ्चलाधीस, सीडीओ आएर पुस्तकालयका पुस्तक लिएर गए, संस्था निस्कृत बनाइदिए ।

 

०४८ सालमा उहाँको समेत सक्रियतामा साहित्यको जमर्को अघि बढ्यो । अर्थात दमकको पुरानो साहित्यिक संस्था प्रतिभा निकेतन खडा भयो । त्यसको संस्थापक सदस्यहुँदै २०५७ देखि २०८० सम्म अध्यक्ष भएर साहित्यिक गतिविधिमा सामेल बन्नु भयो । सो संस्थाबाट उहाँकै अगुवाईमा हालसम्म १८ औं अंक पत्रिका निस्किएको छ । उहाँ २०३१ सालमा तात्कालिन दमक ६ को सदस्य समेत बनेर जनप्रतिनिधिका रुपमा सेवा गर्ने अवसर प्राप्त गर्नुभयो ।

 

साहित्य लेखनमा रुची भएपछि त्यसको संस्थागत गतिविधि अगाडि बढाउँदै आफ्‌ना २ वटा कृति समेत प्रकाशित गर्नुभयो । उहाँको दमकको चिनारीका रुपमा ‘पूर्वस्मृतिमा दमक’ र ०७८ सालमा कविता संग्रह ‘दिग्भ्रम’ प्रकाशित भयो । आफ्‌ना काका डिल्लीराम तिम्सिना बनारसमा पढ्दै गरेको अवस्थामा साहित्य र शिक्षामा केही गर्न प्रेरणा भरेपछि ०२२ सालदेखि साहित्यमा कलम चलाउन थालेको उहाँ स्मरण गर्नुहुन्छ ।

 

साहित्यिक, शैक्षिक र सामाजिक गतिविधिमा सक्रिय रहँदै आउँदा सबैभन्दा पहिले २०३५ सालमा जिल्ला शिक्षा कार्यालय झापाबाट कदरपत्र प्राप्त गर्नुभयो । त्यसपछि ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकबाट अभिनन्दित बन्नुभयो । दमक जेसीज, शिक्षा मन्त्रालय, तिम्सिना समाज, दोमुखा साहित्य संगम कनकाई, सामुदायिक प्रहरी सेवाकेन्द्र, अत्रि अनुसया आश्रम कनकाईधाम, जीवनचक्र समाज दमकसहित २ दर्जन बढी संघसंस्थाबाट सम्मानित बनिसक्नु भएको छ ।
उहाँसँग साहित्य, शिक्षा र पत्रकारिताको सेरोफेरोमा ‘अनुशीलन’ कार्यक्रममा प्रस्तुत छ भिडिओ संवाद :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८