आप्रवासी निकाल्ने विषयमा क्यालिफोर्निया सरकारले दियो ट्रम्पलाई चुनौती

एजेन्सी, माघ २७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैर कानुनी रुपमा बस्दै आएका आप्रवासीलाई आफ्‌नै देश फर्काइदिन थाल्यो । तर त्यस निर्णयको विरुद्धमा लड्नका लागि क्यालिफोर्निया प्रान्तिय सरकारका गभर्नर गेभिन न्युसमले ५० मिलियन अमेरिकी डलर खर्च गर्ने गरी हस्ताक्षर संकलन गर्न थाल्नुभएको छ ।

 

सङ्घीय सरकारका विरुद्धमा कानुनी लडाइँ लड्नकालागि प्रान्तिय सरकारले चुनौतीपूर्ण रुपमा हस्ताक्षर अघि बढाएपछि टकराव भएको छ ।

 

 

पहिलो कार्यकालमा पनि राष्ट्रपति ट्रम्पको क्यालिफोर्निया राज्यसँग जलवायु नियम, पानी नीति र आप्रवासी अधिकारको विषयमा तनाव भएको थियो । यसरी टकराब भएपछि क्यालिफोर्निया राज्यले ट्रम्प प्रशासनको विरुद्धमा सय भन्दा बढी कानुनी लडाइँ लडेको थियो ।

 

आप्रवासी फर्काउने ट्रम्पको योजना अनुसार भारतका १ सय भन्दा बढीलाई फर्काइसकिएको छ । भारतसहित ब्राजिल, ग्वाटेमाला, पेरु र होन्डुरसका नागरिकहरूलाई पनि सोही तरिकाले सैन्य विमानमा राखेर निकाला गरिएको थियो । ट्रम्पले कोलम्बियाका अवैध आप्रवासीहरूलाई सेनाको विमानमार्फत् देश फर्काउने घोषणा गरेपनि कोलम्बियाका राष्ट्रपतिले पनि त्यसको चर्को विरोध गर्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा