आलमको गेटअपमा सीताराम, संयोग मात्र भएको निर्माण पक्षको भनाई

दमक, माघ २७
यी तस्वीरका दुई व्यक्ति झट्ट हेर्दा उस्तै लाग्छन् । धेरैलाई यी दुई तस्वीर कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको भन्ने लाग्छ ।


जुन तस्वीरको अहिले सामाजिक सञ्जालमा चर्चा छ । पहिलो तस्वीर भनें प्रख्यात हास्यकलाकार सीताराम कट्टेल धुर्मुसको फरक अवतार रहेको ‘लाज शरणम्‌’ चलचित्रको हो । ‘लाज शरणम्‌’को ट्रेलर र त्यसको गीत ‘हेर्दा हेर्दै’मा को दृष्यमा उहाँलाई आलम जस्तै देखिन्छ ।

 

 

आफ्ना भाइ अर्थात् कुमार कट्टेल जिग्रीको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्‌’मा निर्वाह गरेको चरित्रमा सीताराम आलमको हुलियामा देखिनुभएपछि यसको फरक चर्चा छाइरहेको छ । अहिले सीतारामलाई आलमसँग दाँजेर हेर्ने गरिएको छ । सामाजिक सञ्जालमा सीतारामले आलमको गेटअप हुबहु नक्कल गरेको प्रतिक्रिया आइरहेको छ । जुन चलचित्र आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

 

 

निर्माण पक्षले सीतारामले निर्वाह गरेको पात्रको हुलिया आलमसँग मिल्नु संयोग मात्रै भएको जनाएको छ । हुन त चलचित्रमा सीतारामको भूमिकाबारे निर्माण पक्षले गोप्य राख्दै आएको थियो ।

 

 

सीताराम वि.सं. २०७२ सालको भूकम्पपछि समाज सेवामा जुट्दै चितवनमा रंगशाला निर्माणमा समेत लागेपछि अभिनय यात्रामा विश्राम भएको अवस्थामा सीतारामको यो कमव्याक चलचित्र हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय