आलमको गेटअपमा सीताराम, संयोग मात्र भएको निर्माण पक्षको भनाई

दमक, माघ २७
यी तस्वीरका दुई व्यक्ति झट्ट हेर्दा उस्तै लाग्छन् । धेरैलाई यी दुई तस्वीर कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको भन्ने लाग्छ ।


जुन तस्वीरको अहिले सामाजिक सञ्जालमा चर्चा छ । पहिलो तस्वीर भनें प्रख्यात हास्यकलाकार सीताराम कट्टेल धुर्मुसको फरक अवतार रहेको ‘लाज शरणम्‌’ चलचित्रको हो । ‘लाज शरणम्‌’को ट्रेलर र त्यसको गीत ‘हेर्दा हेर्दै’मा को दृष्यमा उहाँलाई आलम जस्तै देखिन्छ ।

 

 

आफ्ना भाइ अर्थात् कुमार कट्टेल जिग्रीको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्‌’मा निर्वाह गरेको चरित्रमा सीताराम आलमको हुलियामा देखिनुभएपछि यसको फरक चर्चा छाइरहेको छ । अहिले सीतारामलाई आलमसँग दाँजेर हेर्ने गरिएको छ । सामाजिक सञ्जालमा सीतारामले आलमको गेटअप हुबहु नक्कल गरेको प्रतिक्रिया आइरहेको छ । जुन चलचित्र आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

 

 

निर्माण पक्षले सीतारामले निर्वाह गरेको पात्रको हुलिया आलमसँग मिल्नु संयोग मात्रै भएको जनाएको छ । हुन त चलचित्रमा सीतारामको भूमिकाबारे निर्माण पक्षले गोप्य राख्दै आएको थियो ।

 

 

सीताराम वि.सं. २०७२ सालको भूकम्पपछि समाज सेवामा जुट्दै चितवनमा रंगशाला निर्माणमा समेत लागेपछि अभिनय यात्रामा विश्राम भएको अवस्थामा सीतारामको यो कमव्याक चलचित्र हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो