‘फोहोरको व्यवस्थापन घरबाटै गरौं’ भन्दै दमकमा विद्यार्थीहरुनै सडकमा

दमक, माघ २७
२०८१ माघ महिनाको २७ गते आइतबार । बिहानको समय । विद्यार्थीहरुको समूह मार्चपाससहित सडकमा उत्रियो ।

 

 

मार्चपासको अगाडि बस्ने विद्यार्थीहरुले ब्यानर पनि बोकेको थिए । ब्यनारमा लेखिएको थियो ‘घर सफा राखे नगर सफा हुन्छ त्यसैले फोहोरको व्यवस्थापन घरबाटै गरांै ।’ विद्यार्थीहरुको यो मार्च पास यतिमा मात्रै सिमित भएन । दमक नगरको बजार क्षेत्र परिक्रमा गर्ने क्रममा सडकमा देखिएका र भेटिएका फोहोरहरु संकलन पनि गरिरहेको थियो ।

 

 

विद्यार्थीहरुले टिपेको फोहोर सडकमा आफैं उत्पादन हुने कुरै भएन, घरमा उत्पादन भएका फोहोर त्यहाँ ल्याएर फ्याँकिएका थिए । घरमै यसको व्यवस्थापन नगरी सडकको किनारमा फालेर ंबजार क्षेत्रलाईनै प्रदुषित गर्नु हँुदैन भन्ने सन्देश पनि ती विद्यार्थीहरुले दिइरहेका थिए ।

 

दमक नगरपालिकाले फोहोर व्यवस्थापनकालागि बिभिन्न अभ्यासहरु गरिरहेको छ । खासगरी घरको फोहोर घरभित्रै व्यवस्थापन गराउन भन्दै चलाएको अभियानलाई विद्यार्थीको तहबाट समेत सचेतना जगाएर यसलाई थप प्रभाकारी बनाउन मद्यत गरेको मार्चपास आयोजना गर्ने विद्यालय दमक ६ स्थित ग्लोवल एजुकेशनल एकेडेमीका प्रिन्सपल गुणराज अधिकारीले जानकारी दिनुभयो ।

 

विद्यालयदेखि दमक बजार हँुदै फाल्गुनन्द चोकबाट भृकुटी चोक र बेलडाँगी रोड हुँदै गणतन्त्र चोकबाट फर्निचर लाइनमा रहेको विद्यालयसम्म मार्चपास गरिएको थियो । दमक सफा राख्ने नगरको अभियानलाई सार्थकता दिन विद्यालयले आयोजना गरेको यो खाले कार्यक्रम निकै प्रभावकारी बनेको कार्यक्रममा बोल्दै दमक नगरपालिकाको वातावरण समिति अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनु भयो । उहाँले हरेक विद्यार्थीले ब्यानरमा लेखेको कुरा आफ्‌नै घरमा मात्रै कार्यान्वयन गराउन सक्ने हो भने दमकको फोहोर व्यवस्थापनको समस्याको समाधान गर्ने अभियानले अझ सार्थकता पाउने पनि उल्लेख गर्नुभयो ।

 

विद्यालयले आफ्‌नो खेलकुद सप्ताहको समुद्धघाटनको पूर्वसन्ध्यामा यस खाले सचेतनामूलक मार्च पासको आयोजना गरेको जनाएको छ । विद्यालय प्राङ्गणमा सोमबार बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म ३ दिनसम्म चल्ने खेलकुद सप्ताहमा विभिन्न खेलकुदका गतिविधिहरु हुने छन् ।

Share: