एजेन्सी, माघ २८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउन चाहेको खुलेको छ ।
ट्रम्पले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी डलर खर्च भइरहेको दाबी गर्दै यस्तो धारणा अघि सारेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विगतमा नै क्यानडालाई ५१ औँ राज्यको रूपमा देख्न चाहेको बताउनु भएका उहाँले फक्सन्युजसँगको अन्तरवार्ताको क्रममा पनि सोही कुराको जवाफ आएको थियो ।
अन्तरवार्ताको क्रममा ट्रम्पले अमेरिकामा विगतको भन्दा एकदम राम्रो काम गर्ने दाबी गर्दै ४५ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्दा डरलाग्दा विपक्षी रहेको तर अहिले त्यस्तो नभएको धारणा राख्नु भएको थियो ।









