दमक, माघ २८
विद्यार्थीहरुको खेल प्रतिभा उजागर गर्ने उद्धेश्यले झापाको दमकस्थित हिमालय माद्यमिक विद्यालयमा छात्रतर्फको जिल्लास्तरीय हिसान कप भलिबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा खेलको व्यवस्थापनको जिम्मा लिएको ग्लोबल एजुकेशनल एकेडेमी दमक ६ विजयी भएको छ ।
निजी विद्यालय तथा उच्च विद्यालयको छाता संगठनका रुपमा रहेको हिसानले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा ग्लोबलले गोमेन्द्र कलेज बिर्तामोडलाई पराजित गरेको छ । दोस्रो र तेस्रो सेट जितेको ग्लोबलकातर्फबाट निसान राउत म्यान अफ दी म्याच बन्नु भयो । सोही दिनको दोस्रो खेल प्रज्वल एकेडेमी र बाल्मिकी प्रोभिडेन्सबीच भएको छ ।
गत वर्ष च्याम्पियन बनेको विद्यालयले यो वर्षको कार्यक्रम व्यवस्थापन गर्ने विधि अनुरुप ग्लोबल एजुकेशनल एकेडेमीको व्यवस्थापनमा खेल सञ्चालन भएको छ । कार्यक्रममा हिसानका विभिन्न पदाधिकारी तथा विद्यालयका प्रिन्सिपल, शिक्षकहरुको उपस्थिती रहेको थियो ।
माघ ३० गते सम्पन्न हुने प्रतियोगिताकालागि झापाका २४ विद्यालयका विद्यार्थीका २४ टिमको सहभागिता रहेको ग्लोबलमा भाइस प्रिन्सिपल कृष्ण गुरागाईंले जनाउनु भयो ।
छात्रातर्फको भलिबल व्यवस्थापनको जिम्मेबारी पाएको आदर्श कलेज अफ मेनेजमेन्ट बिर्तामोडमा छात्रा भलिबल भनें हिजो सम्पन्न भएको छ ।










