ग्लोबलमा वार्षिक खेलकुद सप्ताह सुरु, विद्यार्थीमा उत्साह

दमक, माघ २८
झापाको दमक ६ मा रहेर गुणस्तरीय औपचारिक पठनपाठनसहित सृजनशील गतिविधिमा समेत विद्यार्थीलाई सक्रिय गराउँदै आएको ग्लोबल एजुकेशनल एकेडेमीले सोमबारबाट वार्षिक खेलकुद सप्ताह कार्यक्रम सुरु गरेको छ । जसबाट विद्यार्थीहरु उत्साहित देखिएका छन् ।

 

एक कार्यक्रमबीच विद्यार्थीहरुको कक्षागत, विषयगत र व्यक्तिगत रुपमा सहभागि गराएर चेस, टेबल टेनिस, लुँडो, बास्केटबल खेलकासाथै कविता, गजल, चित्रकला प्रतियोगिता समेत अघि बढाइएको छ ।

 

भोलि एथलेटिक्स अन्तर्गत पर्ने दौड, हाइजम्प, लङजम्प, ज्याम्लिङ थ्रो, कपर्दीसहितको खेलहरु हुने विद्यालयमा भाइस प्रिन्सिपल कृष्ण गुरागाईंले जनाउनु भयो । भोलि प्रतियोगिताका फाइनल खेल सम्पन्न गरी पुरस्कार वितरण गरिने उहाँले उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापासहितको आतिथ्यतामा कार्यक्रम अघि बढाइएको विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले जनाउनु भयो ।
विद्यालयले आफ्‌नो खेलकुद सप्ताह उद्घाटनको पूर्वसन्ध्यामा सडकमा विद्यार्थीहरुको मार्चपास गराएर फोहोर व्यवस्थापनको सन्देश दिइएको थियो । विद्यार्थीहरुले हिजो सडकका फोहोर उठाउँदै ‘घर सफा राखे नगर सफा हुन्छ, त्यसैले फोहोरको व्यवस्थापन घरबाटै गरौं’ भन्ने सन्देशात्मक अभियान सञ्चालन गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप