कोइला वा ब्रिकेट, हिटर

कोठा न्यानो बनाउँदै हुनुहुन्छ ? यी कुराहरूमा पुर्‍याउनुहोस् ध्यान  

 

 

 

काठमाडाैँ । चिसो बढेसँगै न्यानोको खोजी शुरू हुन्छ । आफू बस्ने कोठामा वा काम गर्ने ठाउँमा न्यानो बनाउने विभिन्न तरिकाहरू अपनाइएको हुन्छ । शहरी क्षेत्रमा कोइला वा ब्रिकेट, हिटर आदि बालेर कोठा न्यानो बनाउने गरिन्छ ।

तर, सावधानी नअपनाउँदा यसरी कोठा न्यानो बनाउन बालिने हिटर, कोइला वा ब्रिकेटबाट वर्षेनी धेरैजनाको ज्यान जाने गरेको छ । यसपटक पनि यस्ता खबरहरू आइरहेका छन् । शनिवार राति भक्तपुरको गाम्चामा कोठा न्यानो पार्न आगो बालेरै सुतेको एक परिवारका ३ महिने शिशुको ज्यान गयो भने उनका बा-आमाको अचेत अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

जाडोको बेला कोठा न्यानो बनाउनु ठिक भएपनि यसो गर्दा केही सामान्य कुरामा ध्यान दिन सके मानिसको ज्यानै जाने जस्तो अप्रिय घटना नहुने डाक्टरहरू बताउँछन् । वीर अस्पतालका मुटु रोग विशेषज्ञ हरिहर खनाल भन्छन्— ‘कोठा न्यानो बनाउने बेलामा अलिकति ध्यान दिने हो भने यस्ता घटना हुन पाउँदैनन् ।’

कोठा न्यानो बनाउँदा के कुरामा ध्यान दिने ?

कोठालाई र आफ्नो शरीरलाई न्यानो राख्ने र सुरक्षित हुने सबैभन्दा राम्रो उपाय भनेको न्यानो लुगा लगाउने र न्यानो कपडा नै ओढ्ने ओछ्याउने गर्नु हो । आर्थिक रूपमा सम्भव हुनेहरूले ‘एसी’ राख्नु उपयुक्त र सुरक्षित हुन्छ । किनभने यसले तातो हावा दिनुको साथै अक्सिजनको कमी हुन दिँदैन ।

तर यो धेरै कम व्यक्तिको लागि मात्र सम्भव हुने भएकाले धेरैले हिटर, कोइला वा ब्रिकेट प्रयोग गर्ने गरेको देखिन्छ । यी सामानको पनि सही तरिकाले सदुपयोग गर्न जानेमा ज्यानै जाने जोखिम हुँदैन । तर थोरै लापरबाही गरेमा भने ज्यानै जान सक्छ । अर्को भनेको शरीर न्यानो राख्न तातोपानी पिउने, तातो झोल खाने कुरा खाने, साथै हट वाटर ब्याग प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । यसमा जोखिम शून्य प्रतिशत हुने डा. खनाल बताउँछन् ।

यी कुरामा ध्यान नपुर्याउँदा ज्यानै जान सक्छ

अहिलेसम्म जति पनि मानिसको कोइला, हिटर, ब्रिकेट आदिबाट आउने तातोले मृत्यु भएको छ उनीहरूले धेरै लामो समय बन्द कोठामा यी सामग्रीको प्रयोग गर्दा मृत्यु भएको डा. खनाल बताउँछन् । उनका अनुसार- जब बन्द कोठामा हिटर, कोइला बालिन्छ त्यहाँको अक्सिजन बिस्तारै तातो हुँदै जान्छ । बिस्तारै कार्बनडाईअक्साईड र कार्बनमोनोअक्साइडको मात्रा बढ्दै जान्छ ।

यो अरू अवस्थामा अक्सिजनको कमी हुनुभन्दा धेरै घातक र फरक अवस्था हो । किनभने सामान्य अवस्थामा अक्सिजनको कमी हुँदा मानिसले खुला ठाउँमा जाने श्वासप्रश्वास गर्न खोज्ने, कोठा बाहिर निस्किन खोज्ने गर्न सक्छ । तर यसरी बन्द कोठामा बालिने यी इन्धनको तापबाट निस्कने कार्बनमोनोअक्साइड यति विषालु हुन्छ की शरीर लल्याकलुलुक हुन्छ । शिथिल भएर चल्नै सकिँदैन र ज्यानै जान्छ । त्यसैले ग्यास हिटर र बिजुली हिटर बाल्ने हो भने एक घण्टा बालेर कोठा केही न्यानो भएपछि बन्द गरेर मात्र सुत्नुपर्छ ।

दिउँसो हिटर ताप्दा पनि कोठा बन्द पार्नु हुँदैन । कोइला ताप्ने हो भने पनि केही समय तापेर कोइला निभाएर कोठा बाहिर राखेर मात्र सुत्नुपर्छ । इलेक्ट्रिकल तन्नाको प्रयोग पनि हानिकारक छ । यसले पनि कोठामा अक्सिजनको स्तर घट्छ र मान्छे निसास्सिएर मर्न सक्छ । त्यसरी हिटर वा कोइला ताप्दा छेउमा पानी भरेको खुल्ला भाँडो राख्न सकिन्छ । यसले सुक्खा हुन दिँदैन । त्यस्तै तापक्रम आउने स्रोतको वरपर बल्ने सामान राख्नु हुँदैन । बाथरुममा राखिने गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर राख्नु राम्रो हुन्छ । यती कुरामा ध्यान दियो भने सुरक्षित रहन सकिन्छ । तर हेलचेक्र्याइँ गरेमा ज्यानै जाने खतरा रहन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु