‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को पूर्वको अडिसन चैत २ र ३ मा

intra mero voice, dance (1)

दमक, माघ ३०
नेपालीभाषीकालागि विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन–२ को अडिसन पूर्वका लागि चैत २ र ३ गते बिर्तामोडमा हुने भएको छ ।

 

नेपालबाट तेस्रो मुलुक बसोबास गराइएका नेपालीभाषी भुटानीहरुले स्थापना गरेको इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्व अडिशन बिर्तामोड हुन लागेको इन्ट्रा–नेशनल वेलफेयरका नेपाल–भारत संयोजक राजेश घतानीले बताउनु भयो ।

 

हालसम्मकै सर्वाधित पुरस्कार राशि रहेको सो प्रतियोगितामार्फत विश्वमा छरिएर रहेका नेपालीभाषीलाई एक सुत्रमा बाँध्न मद्धत पुग्ने हिसाबले कार्यक्रम आयोजना गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।

 

पूर्व अडिसनमा दुवै विधामा करिब ५ सय वढीले आवेदन दिने अनुमान गर्नुभयो । अनलाइनमार्फत एक सय बढीले आवेदन दिइसकेको समेत घतानीले जानकारी दिनुभयो ।

 

नेपाली जातिका कलाकारबीच प्रतिष्पर्धा गराइने यी दुबै शो का विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।
गत वर्ष गायनमा प्रितम राई (भारत) र नृत्यमा खुसी कार्की (थाइल्याण्ड) ले उपाधि हात पार्नुभएको थियो । सो वर्ष ५२ देशमा बसोबास गर्ने नेपालीभाषीले यसमा प्रतिष्पर्धा गरेका थिए । अमेरिकाकासाथै नेपालको काठमाडौं सहितमा अडिसन लिइएको थियो । फाइनल प्रतिष्पर्धा नेपालमा भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन