मोदी र ट्रम्पबिच भेटबार्ता

भारत र अमेरिकाको एकताले राम्रो संसारलाई आकार दिन सक्छ : मोदी

एजेन्सी, फागुन २
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच अमेरिकाको ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ ।

 

वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गर्दै दुई देशबीचको एकताले संसारलाई नयाँ सन्देश दिएर संसार बदल्न सक्ने भावको अभिव्यक्ति व्यक्त भएका छन् ।

 

सो अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मोदी र आफूले पारस्परिक व्यापारलाई सुदृढ पार्न छलफल सुरु गर्ने बताउनु भयो । भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० अर्ब डलर रहेको भएपनि त्यसलाई सुधार गर्न छलफल अघि बढाउने ट्रम्पले उल्लेख गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भेटबार्ताका क्रममा ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गर्नुभयो ।

 

भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ भन्नेमा हामी विश्वास गर्छौं । भारत र अमेरिका बिचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ । हामी इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउन सँगै काम गर्नेछौँ ।’
उहाँले दुबै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य अघिसार्नुकासाथै आतंकवाद विरुद्धको लडाइँमा दृढतापूर्वक एकसाथ उभिएको समेत उल्लेख गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा