बिना स्वार्थ सिर्जनशील काम गरेका हौं, किन हिलो छ्याप्नु हुन्छ ?

केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो । कतिपयले यही भ्रममा भाका मिलाउनुभयो; कतिपय मौन बस्नुभयो; कतिपयले तथ्य बुझेर अरुलाई बुझाउनुभयो ।

 

समाजमा अनेक किसिमका मानिस हुन्छन् । कतिपयले अफवाहलाई नै सत्य मान्नुहुन्छ; कतिपयले सत्यलाई नै अफवाह मान्नुहुन्छ; कतिपयले सत्यलाई पर्गेलेर तथ्यको खोजी गर्नुहुन्छ ।
यस्तो अफवाह फैलिरहँदा कतिपय साथीले केही जवाफ नदिनु भन्नुभयो; कतिपयले प्रश्न उठेपछि जवाफ दिनुपर्छ भन्नुभयो । म यसै मौन बसेर सामाजिक सञ्जालमा फैलिएको रमिता हेर्दै थिएँ र इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ सम्झिँदै थिएँ । मेरा प्रिय पाठक, शुभचिन्तक, आफन्त र बुझ्न चाहनेहरुका लागि केही भन्नुपर्छ भन्ने लागेर आज केही लेख्दै छु ।

 

यो जवाफ होइन; स्पष्टीकरण हो । हुन त लेखक कृष्ण धरावासी, जीवा लामिछाने, सीमा आभासलगायत यसलाई बुझ्नुहुनेहरु धेरैले लेखिसक्नु र भनिसक्नुभएको छ । म पनि केही लेख्दै छु ।

 

हामी अध्ययनशील प्राणी हौं । अध्ययनका लागि संसार नै विश्वविद्यालय हो । त्यसैले अध्ययन गर्न चाहने प्रतिभावनहरुका लागि देशविदेशमा अनेक प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ । यसमा आफू पनि छनौटमा परुँ भनेर हामी सहभागी हुन्छौं । जुनसुकै देशमा छात्रवृत्ति पाए पनि खुसी हुँदै अध्ययन गर्न जान्छौं । यसप्रकारको वृत्तिबाट धेरै विद्वान् जन्मिएका छन् ।

 

त्यस्तै २०६५ सालमा जर्मनीबाट तत्कालीन जीटीजेडमार्फत टाउन राइटर रेजिडेन्स प्रोग्रम भनेर नेपालमा लेखनवृत्तिको परियोजना आयो । त्यसमा हामी पाँच जना लेखक छानियौं । भक्तपुरका लागि कृष्ण धरावासी, बुटवलका लागि भीष्म उप्रेती, धरानका लागि सीमा आभास, धनगढीका लागि प्रकाश आङ्देम्बे र नेपालगञ्जका लागि म ।
त्यस दुई महिने लेखनवृत्तिमा हामीले आआफ्नै शैली र शिल्प प्रयोग गरेर स्वतन्त्र किसिमले पाँच किताब लेख्यौं । मैले पानीको घाम नामक आख्यान लेखें, जुन २०६६ सालमा प्रकाशित भयो । पहिलो किताब नै लेखनवृत्ति पाएर सम्बन्धित ठाउँको स्थलगत अध्ययन गरी लेख्न पाउनु मेरा लागि महङ्खवपूर्ण अवसर थियो । हामी आफूले सकेसम्म सिर्जनशील भएर लेख्यौं । किनभने, हामी लेख्नका लागि विषय, विधा र सम्पूर्ण तरिकाले स्वतन्त्र थियौं । धेरैले किताब मन पराउनुभयो; पानीको घाम (२०६६)ले पद्मश्री साहित्य पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित पनि भयो ।

 

यसप्रकारका लेखनवृत्तिहरु देशविदेशमा सञ्चालन भइरहनुपर्छ । यो संसारभरिको अभ्यास हो । यसबाट संसारमा धेरै राम्रा लेखकहरुले अवसर लिएका छन् । तर यति राम्रो सिर्जनशील कार्यका लागि पाएको लेखनवृत्तिमा कतिपयले हिलो छ्यापेको देख्दा दुःख लागेको छ ।

 

विकासका लागि पनि अनुदान (ग्रान्ट) आउँछन् । यस प्रकारका अनुदानबाट नेपालमा धेरै राजमार्ग, सडक, पुल, विद्यालय, विश्वविद्यालय, जलविद्युत योजना र ठूलाठूला भवन बनेका छन् । चीनको अनुदानमा अहिलेको हाम्रो संसद भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह) नै बनेको छ । के अब हामी अनुदानमा बनेको भनेर संसद भवनमा संसद नै नचलाउने ? अनुदानमा बनेका ती सडकहरुमा नहिँड्ने ? ती जलविद्युत गृहबाट उत्पादित बत्ती नै नबाल्ने ? ती विद्यालय र विश्वविद्यालयमा नपढ्ने ? हामी केही किन यति अराजक भयौं ? यसले कहाँ पुर्‍याउँछ ?

 

हामीले पनि सानो एउटा अनुदान (ग्रान्ट) मा किताब लेखेका हौं; बिना स्वार्थ सिर्जनशील काम गरेका हौं । यसमा त खुसी हुनुपर्छ । बरु तपाईंहरुले हामीले लेखका किताबहरुको स्वतन्त्र मूल्याङ्कन गर्न सक्नुहुन्छ । कृपया पानीको घाम लगायत हामी पाँचै जनाले उक्त अनुदानमा लेखका किताबहरु पढ्नुहोस् र तिनका बारेमा समीक्षा गर्नुहोस् ।

 

गर्व गर्नुपर्ने कुरामा गाली गर्ने संस्कारले हामीमा घृणा र उपेक्षा भाव मात्र जन्माउँछ । त्यसैले सत्यतथ्यलाई बुझेर स्वस्थ बहस गरौं । सिर्जनशील लेखकहरुलाई हतोत्साहित नबनाऔं । यो अफवाहलाई चिर्ने साहित्यकार, साहित्यप्रेमी तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद । अफवाह फैलाउने र त्यसमा भाका मिलाउनेहरुलाई प्रेम नै प्रेम । किनभने, प्रेमले द्वेष भाव र मनको मैले पखाल्न सघाउँछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।