दमक, फागुन ८
दमक ५ बेलगाँडी रोडमा रहेको ओम शान्ति डेण्टल हस्पिटलले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । बिहिबार दमक २ स्थित सरस्वती आधारभूत विद्यालयमा हस्पिटलका दाँत रोग विषेशज्ञको टोलीनै लगेर निशुल्क शिविर सम्पन्न गरेको हो ।
यस शिविरमा उपचार गराउन आउने बिरामीलाई थप उपचार गर्नु परेमा अस्पतालले निःशुल्क ओपीडी, अन्य उपचारमा २५ प्रतिशतसम्म छुट समेत दिने अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभयो । दाँतको उपचार गरेर त्यसको सुरक्षा गर्नु पर्छ भन्ने जनचेतना फैलाउन पनि यसखाले शिविरमा आफुहरु निःशुल्क लाग्ने गरेको उहाँको भनाई छ ।
दमक बहुमुखी क्याम्पसको शिक्षा संकाय विभागले आयोजना गरेको शिविरमा हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा विद्यालयमा अध्यनरत विद्यार्थी, क्याम्पसको शिक्षा संकायमा अध्ययन गर्ने विद्यार्थी साथै प्राध्यापकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो । शिविरमा सहभागि प्राध्यापक टंकप्रसाद भट्टराई, विद्यार्थी सम्झना राईसहितले यसखाले शिविर शैक्षिक संस्थामा हुँदैगर्नुपर्ने बताउनु भयो ।
हस्पिटलले गाउँका कुना कन्दरामा समेत पुगेर यसखाले निःशुल्क शिविर गर्दै आएको छ । यसबाट गाउँका विपन्न समुदाय बढी लाभान्वित हुने गरेका छन् ।










