अस्ट्रेलियामा चलचित्र ‘काँडेतार’ को विशेष प्रदर्शन अभियान

दमक, फागुन ११
अस्ट्रेलियाको सिड्नीमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ विशेष प्रदर्शन गरिएको छ । शनिवार सिभिक थिएटरमा चलचित्र प्रदर्शन हुँदा बाक्लो उपस्थितीमा नेपालीभाषी दर्शकले चलचित्र रुचाएका थिए । उनीहरुले विदेशमा रहेर नेपालमाथि भइरहेको थिचोमिचो चलचित्रमा हेर्दा मन अझ रोएको अनि अन्यायप्रति आक्रोस जागेको प्रतिक्रिया दिएका छन् ।

 

कार्यक्रममा आयोजक डी. बोइज ईन्टरटेनमेन्टका सञ्चालक जीएम ठकुरी, पूर्व महावाणिज्य दूत तथा समाजसेवी दीपक खड्का, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष मन केसीका साथै मनोज अधिकारी र सिड्नी निवासी नेपालीहरूको तर्फबाट सो चलचित्रका निर्माता, निर्देशक एवम् अभिनेता नवल खड्कालाई सम्मानित गरिएको थियो ।

 

निर्देशक खड्काले उज्यालो खबरसँगको कुराकानीमा चलचित्र अस्ट्रेलियाको अन्य स्थानमा थप शोहरू हुने बताउनु भयो । अस्ट्रेलियामा चलचित्रले पाएको मायाप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ । ‘काँडेतार चलचित्र चलचित्र मात्रै होइन, यो मान्छे र माटो जोगाउने साझा अभियान हो ।’– उहाँले भन्नु भएको छ ।

 

चलचित्रमा नवलकासाथै सुरविना कार्की, रेविका गुरुङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र काँडेतारको कार्यकारी निर्मातामा गायिका सत्यकला राई, निर्माता अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का रहेका छन् ।
चलचित्र नेपालमा पुनः प्रदर्शनको तयारीमा रहेको निर्देशक खड्काले बताउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय