दमक, फागुन १२
झापाको कमल गाउँपालिका ५ पाडाजुँगीस्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुल । जसले वर्षभरिमा विद्यार्थीले सिकेका व्यवहारिक ज्ञानलाई आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरेर सबैको मन जित्न सफल भएको अवस्थामा बोकेदाह्री नामले चर्चित गायक श्रीकृष्ण लुइटेल र दमकको कदम थिएटरका प्रस्तुतिले शनिबार साँझको माहोल अझ तात्न पुग्यो ।
शनिबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गर्दै विद्यार्थीहरुले तयार पारेका प्राविधिक बस्तुहरुको अवलोकनमा रमाउनु भएपछि साँझ सांगीतिक र नाट्य प्रस्तुति अघि बढाइएको थियो ।
कार्यक्रममा गायक लुईटेलले आफ्ना चर्चित गीत ए बा किन्देउन भटभटेसहित गाएर दर्शक स्रोतालाई रमाइलो वातावरण सृजना गर्नुभयो । कार्यक्रममा सिद्धान्त खड्काले समेत आफ्नो गीत प्रस्तुत गरेर दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गर्नुभयो ।
कदमका नविन रिजालको निर्र्र्देशनमा ‘द मेज’ नामक मोवाइल फोनको दुर्व्यसन विरुद्धको सन्देशमूलक नाटक प्रस्तुत गरेर विद्यार्थीलाई मोवाइलकोे गलत प्रयोगबाट बच्ने सन्देश दिएका थिए । विद्यार्थीहरुले समेत नृत्यसहितका सांस्कृतिक प्रस्तुति दिएका थिए ।
https://www.facebook.com/share/v/19v6639923/









