न्यू प्यागोडाको ३३ औं वार्षिकोत्सव तथा भव्य अभिभावक दिवस

पथरी, फागुन १६
मोरङको पथरी शनिश्चरे वडा नम्बर १ स्थित न्यू प्यागोडा इङ्ग्‌िलस बोर्डिङ स्कुलले आफ्नो ३३ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

 

पथरी शनिश्चरे १ का वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा सुवेदी दङ्गालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पूर्व अभिभावक तथा पूर्व विद्यार्थी सम्मान, शिक्षक कर्मचारी सम्मानलगायत विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । सो अवसरमा पूर्व अभिभावक सम्मान अन्तर्गत खेमप्रसाद पौडेल, सीता राई कार्की, जगतबहादुर तिवारी, अभिनारायण सुवेदी र नन्दकेशर राई सम्मानित हुनुभएको थियो भने पूर्व विद्यार्थी सम्मानतर्फ हाल पथरी तथा उर्लावारी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक राजु लिम्बु, नेपाल राष्ट्रिय सौन्दर्यकर्मी पूजा भट्टराई, शिक्षक – कर्मचारी सम्मानतर्फ एलिना घिमिरे र पविना लिम्बुलाई सम्मानित गरिएको थियो ।

 

सो अवसरमा पथरी शनिश्चरेका लेखक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनालाई विशेष सम्मान सहित ५ हजार प्रमाणपत्र दोसल्लासहित ओढाएर सम्मानित गरिएको थियो ।

विद्यालयका संस्थापक निर्देशक टीकाप्रसाद दंगालले भौतिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका सञ्चालक रामकुमार बस्नेतले विद्यालयको सञ्चालक तर्फबाट ओजस्वी मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रिन्सिपल उद्धव निरौलाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम शिक्षक पुण्य पौडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शिक्षकहरूले “पानी मिठो मेरो हजुर इलाम बजारको’ सुन्दर नृत्य पस्कनु भएको कार्यक्रमले सबैको मन खिचेको थियो ।
विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत, नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए । गत वर्षका विभिन्न तह र कक्षामा उत्कृष्ट हासिल गर्ने छात्र छात्राहरूलाई पुरस्कृत गरिएको थियो भने विभिन्न खेलकुद सप्ताहमा विजयी छात्रछात्राहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र समेतले पुरस्कृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप