दमकमा बिस्पोटक पदार्थ बरामद

दमकको एक चर्चमा बम जस्तै देखिने संकास्पद सामाग्री भेटियो (भिडियो सहित)

दमक/
झापाको दमकमा रहेको एक चर्चको परिसरमा बम जस्तै देखिने संकास्पद सामाग्री फेला परेको छ । यहाँ स्थित वडा नं ५ को हरिओम कलेनी उत्तरपट्टिको सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्धारमा पछाडी सो सामाग्री फेला परेको हो । भिर्ने कालो झोला भित्र बम जस्तै देखिने सामाग्री फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्थानीयबासीले झोलाभित्र संकास्पतत बस्तु जस्तै देखेपछि प्रहरीलाई खवर गरेका थीए । प्रहरीले आएर हेरेपछि नजिकैको यसलाई निस्कृय पार्न सेनालाई प्रहरीले खवर गरेको हो । श्री २१ नं बाहिनीको बम निस्कृय पार्ने टोलीले त्यहाँ भेटिएको संकास्पद बस्तुलाई प्रकृयागतरुपमा खुल्ला स्थानमाम लगेर निष्कृय गरायो ।

गणका सह सेनानीले दिएको जानकारी अनुसार सो झोला भित्र तारले बेरेर राखेको प्रेसर कुकर थियो । कुकुरभित्र घरमै बनाइएको बारुद जस्तो देखिने धुलो (इआडि) थियो । त्यहाँ उपलब्ध भएको प्रेसर कुकर सहित झोला सेनाको टोलीले लगेको छ । त्यसबाट थप केहि रहस्य पत्ता लागेमा अनुसन्धानका लागि प्रहरीलाई सहजीकरण गरिदिने बम जस्तो सामाग्री निष्कृय गर्न आउनु भएका सेनानीले जानकारी दिनुभयो ।
कस्ले राखेको थियो
झोला भेटिएको ठाउँकै छेउमा यससँग सम्बन्धीत एउटा पर्चापनि भेटिएको छ । हिमाल सुरक्षा परिषद नेपाल नामक समुहको पर्चा भेटिएको हो ।

पर्चामा बिदेशी दलालहरुले मुलुकलाई रणभूमिमा परिणत गर्न खोजीरहेको उल्लेख गर्दै विभिन्न माग रहेको गरिएको छ । देशद्रोहि र दलालहरुबाट देश बचाउँनकालागि देशभक्तहरुलाई एक हुन अपील गर्दै पर्चामा धर्म निरेपक्षता खारेज गरि सनातन हिन्दु धर्म राज्य कायम गर्न, देशले धान्न नसक्ने संघियता खारेज गर्न, नेपाली धर्म मास्न गरिएको धर्म परिवर्तनलाई रोक लगाउन, २०४७ सालको संविधान लागु गर्न लगायतका माग उल्लेख गरिएको छ ।

पर्चामा समुहको कोशी अञ्चल कमिटिको इन्चार्जको रुपमा अनिसा नाम गरेका व्यक्तिको हस्ताक्षर सहित समुहको छाप समेत लगाइएको छ । पर्चामा पत्र संख्याका साथै चलानी नम्बर समेत उल्लेख गरिएको छ ।

 

यहि समुहले केहि दिन अघि मात्र झापाकै विर्तामोडपनि पनि बिस्पोटक पदार्थ राखेको थियो । समुहले निरन्तर रुपमा यसखालका गतिविधि गर्न थालेपछि जिल्लाकै सुरक्षा क्षेत्रमा चुनौती बढ्न थालेको छ ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको