दमकमा बिस्पोटक पदार्थ बरामद

दमकको एक चर्चमा बम जस्तै देखिने संकास्पद सामाग्री भेटियो (भिडियो सहित)

दमक/
झापाको दमकमा रहेको एक चर्चको परिसरमा बम जस्तै देखिने संकास्पद सामाग्री फेला परेको छ । यहाँ स्थित वडा नं ५ को हरिओम कलेनी उत्तरपट्टिको सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्धारमा पछाडी सो सामाग्री फेला परेको हो । भिर्ने कालो झोला भित्र बम जस्तै देखिने सामाग्री फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्थानीयबासीले झोलाभित्र संकास्पतत बस्तु जस्तै देखेपछि प्रहरीलाई खवर गरेका थीए । प्रहरीले आएर हेरेपछि नजिकैको यसलाई निस्कृय पार्न सेनालाई प्रहरीले खवर गरेको हो । श्री २१ नं बाहिनीको बम निस्कृय पार्ने टोलीले त्यहाँ भेटिएको संकास्पद बस्तुलाई प्रकृयागतरुपमा खुल्ला स्थानमाम लगेर निष्कृय गरायो ।

गणका सह सेनानीले दिएको जानकारी अनुसार सो झोला भित्र तारले बेरेर राखेको प्रेसर कुकर थियो । कुकुरभित्र घरमै बनाइएको बारुद जस्तो देखिने धुलो (इआडि) थियो । त्यहाँ उपलब्ध भएको प्रेसर कुकर सहित झोला सेनाको टोलीले लगेको छ । त्यसबाट थप केहि रहस्य पत्ता लागेमा अनुसन्धानका लागि प्रहरीलाई सहजीकरण गरिदिने बम जस्तो सामाग्री निष्कृय गर्न आउनु भएका सेनानीले जानकारी दिनुभयो ।
कस्ले राखेको थियो
झोला भेटिएको ठाउँकै छेउमा यससँग सम्बन्धीत एउटा पर्चापनि भेटिएको छ । हिमाल सुरक्षा परिषद नेपाल नामक समुहको पर्चा भेटिएको हो ।

पर्चामा बिदेशी दलालहरुले मुलुकलाई रणभूमिमा परिणत गर्न खोजीरहेको उल्लेख गर्दै विभिन्न माग रहेको गरिएको छ । देशद्रोहि र दलालहरुबाट देश बचाउँनकालागि देशभक्तहरुलाई एक हुन अपील गर्दै पर्चामा धर्म निरेपक्षता खारेज गरि सनातन हिन्दु धर्म राज्य कायम गर्न, देशले धान्न नसक्ने संघियता खारेज गर्न, नेपाली धर्म मास्न गरिएको धर्म परिवर्तनलाई रोक लगाउन, २०४७ सालको संविधान लागु गर्न लगायतका माग उल्लेख गरिएको छ ।

पर्चामा समुहको कोशी अञ्चल कमिटिको इन्चार्जको रुपमा अनिसा नाम गरेका व्यक्तिको हस्ताक्षर सहित समुहको छाप समेत लगाइएको छ । पर्चामा पत्र संख्याका साथै चलानी नम्बर समेत उल्लेख गरिएको छ ।

 

यहि समुहले केहि दिन अघि मात्र झापाकै विर्तामोडपनि पनि बिस्पोटक पदार्थ राखेको थियो । समुहले निरन्तर रुपमा यसखालका गतिविधि गर्न थालेपछि जिल्लाकै सुरक्षा क्षेत्रमा चुनौती बढ्न थालेको छ ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा