समाचार विश्लेषण

जनताका असन्तुष्टिबीच पूर्वराजाबाट आएको राजनीतिक तरङ्ग

दमक, फागुन २६
अहिले राजावादीका गतिविधिले राजावादी बाहेकका दलहरुलाई टाउको दुखाई बनेको छ । अनि जनतामा अन्यौलता समेत बढाएको छ । करिब एक महिना पोखरा बसेर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्कनु भएको छ । उहाँ काठमाडौं फर्किने क्रममा पोखरा र काठमाडौं विमानस्थलक्षेत्रमा उहाँका समर्थकहरूले शक्ति प्रदर्शन गरे । हजारौँ समर्थकलाई सडकमा उतारेर उहाँ गाडी चढेर सँगसँगै निर्मल निवास पुग्नुभयो । यो दृष्यले एउटा तरंग पैदा गरेको छ ।

 

 

शाह गाडीमा तथा समर्थक पैदलै विमानस्थलबाट निर्मल निवास पुग्नु भएको थियो । पूर्वराजालाई नै र्‍यालीमा सहभागी गराएर समर्थकहरु सडकमा निस्किएका हुन् । र्‍यालीका क्रममा उनीहरुले सदाझैँ ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरे । गणतन्त्रकोे प्रतीक राष्ट्रपतिका विषयमा र्‍यालीमा कुनै विरोध सुनिएन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भने उनीहरुले ‘निकृष्ट’ भाषामै नाराबाजी गरे ।

 

 

र्‍यालीमा देखिएको रोचक दृष्य हो –भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर । पूर्वराजा ज्ञानेन्द्रसँगै र झन्डै उत्रै आकारमा राखिएको तस्बिरलाई पूर्वराजाजत्तिकै महत्व दिएको देखिन्थ्यो । ‘राजतन्त्र पुनःस्थापना गरौं’, योगी आदित्यनाथ लेखिएको तस्वीरमा हिन्दुवादी प्रदीप विक्रम राणा लेखिएको छ ।

 

राजतन्त्र समर्थकहरूको गतिविधि बढ्दै जाँदा नेपाली राजनीति तरंगित बनेको छ । राजावादीहरू संगठित हुँदै सडक र खासगरी सामाजिक सञ्जालमा सक्रिय भइरहेका छन् । १६ वर्षअघि गणतन्त्र स्थापनापछि सेलाएको मुद्दा फेरि चर्चाको केन्द्रमा आएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता, उहाँको समर्थनमा भइरहेका प्रदर्शन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अभियानले चर्चा बढाइदिएको देखिन्छ ।

 

गणतन्त्र स्थापनाको १६ वर्षपछि पनि जनताले अपेक्षाकृत स्थायित्व, सुशासन र आर्थिक विकास अनुभव गर्न सकेका छैनन् । देशमा शासन प्रणाली परिवर्तन भए पनि प्रमुख दलहरूबीचको कलह, सत्ता संघर्ष र भ्रष्टाचार उस्तै छ भन्ने भाष्य छ । यो सरकार, यी दल, यी नेता अनि यो व्यवस्था नै खराब हो भनेर नारा लगाउन मसलाको कुनै कमी छैन ।

 

राजसंस्था फर्किनुपर्ने वा नपर्ने भन्ने बहस एकातर्फ छ । तर, प्रमुख दलका नेताहरूको विफलता देखिएको भने वास्तविकता हो । यदि वर्तमान राजनीतिक दलहरूले अस्थिरता, भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न सकेनन् भने विरोध र असन्तुष्टिको राजनीति मालामाल हुनेछ । अहिलेका प्रमुख शक्तिहरूप्रतिको वितृष्णाले राजनीतिमा विकल्पको खोजी निर्विकल्प बनिदिन सक्छ ।

 

राजसंस्था फर्किएर देशका समस्या समाधान भइहाल्नेछ भन्ने कुरा त कुनै पनि विवेकी नागरिकले पत्याउने कुरा भएन । नेपाल अहिले गणतन्त्रविरुद्ध राजतन्त्रको प्रतिस्पर्धा पनि होइन । अनि २००७ सालदेखि प्रत्येक एक दशकमा जसो व्यवस्था फेरिरहेका नेपालीलाई अब व्यवस्था फेरेरै अवस्था फेरिन्छ भन्नेमा पनि विश्वास छैन । त्यसैले अब व्यवस्था होइन, अवस्था अर्थात बानी फेर्न लागौँ ।

 

अहिलेको मूल चासो राजा आउँछन् कि आउँदैनन् भन्ने होइन । प्रश्न यो हो, नेपालका प्रमुख राजनीति दलहरू अब सुधारको मूल बाटो समात्छन् कि निरन्तर अस्थिरताले नयाँ मोडतिर हुइकिन्छ ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि