पथरी, फागुन २६
मोरङको पथरी शनिश्चरे ३ स्थित प्यागोडा मोडल इङ्गलिस स्कुलको सोमबार ३१ औं अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल रमेशकुमार कोइरालाको अध्यक्षताको कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, विशिष्ट अतिथि पथरी शनिश्चरे ३ का अध्यक्ष विजय लिम्बुसहितले मन्तव्य व्यक्त गर्दै विद्यालयको थप सफलताको शुभकामना दिनु भयो । मन्तव्यका क्रममा वडा अध्यक्ष लिम्बूले सरकारले सम्हाल्नुपर्ने विद्यार्थी आज निजी संस्थाले सम्हालेकोमा खुसी व्यक्त गर्नुभयो । वडा सदस्य टंक पराजुली, पथरी नगर प्याव्सनका सल्लाहकार उपेन्द्र कँडेल विद्यालय सञ्चालक द्वय देवी रिजाल र खगेन्द्रप्रसाद लुईटेल, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम सापकोटा लगायत स्थानीय समाजसेवी, अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयको तर्फबाट यस वर्षको उत्कृष्ठ शिक्षक अवार्ड विद्यालयका शिक्षक नवीन लुइटेललाई प्रदान गरिएको थियो भने उत्कृष्ठ अभिभावकको अवार्ड चुडामणि तुम्वापोलाई प्रदान गरिएको थियो ।
कार्यक्रममम उत्कृष्ट चित्र बनाउने विद्यार्थीलाई ललितकला शिक्षक भीम पुरीले पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी, शिक्षकहरु शम्भुराज घिमिरे, सुमन राई, अष्टमान राई, दीपेन्द्र बस्नेत र कमलप्रसाद रिजाललाई अक्षर सुधार अभियन्ताका रुपमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय सञ्चालक गोविन्द ढकालले विद्यार्थीको भविष्य सुनिश्चित गर्न विद्यालयले जुनसुकै कदम पनि चाल्न पछि नपर्ने बताउनुभयो ।
कार्यक्रममा गायन, एकल नृत्य, सामूहिक नृत्यसहित विभिन्न जातजातिका सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । विद्यार्थीले नाटक समेत प्रस्तुत गरेका थिए ।









